March 23, 2019

विप्लब माओवादीका प्रभावशाली नेता पक्राउ

 

चैत्र ९, काभ्रे । विप्लब माओवादीलाई सरकारले प्रतिबन्ध लगाएसँगै विप्लबका कार्यकर्ता पक्राउ हुन थालेका छन् । यसैक्रममा शुक्रबार राति ‘विप्लव’ नेतृत्वको पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेका छन् । शुक्रबार राति प्रहरीको विशेष ब्यूरो, महाशाखाको टोली र काभ्रे प्रहरीले हेमन्तप्रकाशलाई काभ्रेबाट पक्राउ गरेको हो ।

ओली विप्लव नेतृत्वको पार्टीको मध्य केन्द्रीय कमाण्ड इन्चार्ज हुन् । ओली विप्वका विश्वासनीय नेता पनि हुन् । ललितपुरमा एनसेल गेटमा बम विष्फोटमा एकजनाको ज्यान गएपछि प्रहरीले ओलीलाई ‘हिट लिस्ट’मा राखेको थियो ।

Image result for हेमन्तप्रकाश ओली ‘सुदर्शन

उनलाई पार्टीका कार्यकर्ताहरुले दोस्रो नम्बरका मानिएका नेता प्रकाण्डलाई भन्दा पनि बढी विश्वास गर्छन् । एनसेल बम विष्फोट नेता ओलीको निर्देशनमा भएको प्रहरीले निष्कर्ष निकालेको थियो । नख्खु बम विस्फोटमा एकजनाको ज्यान गएको थियो भने दुईजना घाइते भएका थिए ।

हेमन्तप्रकाश ओलीसहित विप्लव समूहका अन्य ८ नेता र कार्यकर्ता पनि पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रामकृष्ण खतिवडा, शंकर अधिकारी, धर्मराज राजबाहक, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का रहेका छन् ।

खड्गबहादुर विश्वकर्मा, अनिल शर्मा विरही, धर्मेन्द्र वास्तोला, ओम पुन, सन्तोष बुढामगरको खोजी पनि तिव्र पारिएको बताइएको छ । विप्लव भने प्रहरीको फरार सूचीमै छन् । सुरक्षा निकायले देशभर विप्लव समूहविरुद्ध कडा निगरानी सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक