वाम गठबन्धनलाई पनि सिट भागबन्डामा समस्या : लम्बिदै कार्यदल छलफल

left-unityकाठमाडौँ, २३ असोज । चुनावी तालमेल गर्ने सहमति गरेका एमाले र माओवादी केन्द्रलाई सिट बाँडफाँड गर्न सकस परेको छ । कुन सिट कहाँ कसरी भागबन्डा गर्ने भन्ने प्रारुप तयार गर्न कार्यदलले अभ्यास गरिरहे पनि निष्कर्ष निस्केको छैन ।

दुबै दलले ६० र ४० प्रतिशतका आधारमा सिट मिलाउने समझदारी गरेका थिए । त्यसअनुसार कहाँ कुनले लिने भन्नेमा निर्णय गर्न दुबै दललाई समस्या परेको छ ।
कार्यदलका संयोजक एमाले महासचिव इश्वर पोखरेलले सिट मिलाउने प्रयास जारी रहेको बताए । कार्यदलस्तरको बैठकलाई निष्कर्षमा पुर्‍याउन पार्टीमा आन्तरिक छलफल गर्नुपर्ने भन्दै बैठक सार्न आइतबार माओवादीले प्रस्ताव गरेको थियो ।

सोमबार बस्ने बैठकले सिट बाँडफाँडको खाका ल्याउन सक्ने पोखरेलले जानकारी दिए । बिशेषगरी दुई बिषयलाई आधार मानेर बाँडफाँड गर्ने समझदारी दुई दलबीच छ । तीन दिनभित्र सिट बाँडफाँडको आधार तयार गर्ने भनिएको छ ।

प्रारम्भिक गृहकार्यअनुसार जीत सुनिश्चित हुने उम्मेदवार र क्षेत्र छान्ने तथा २०७० को संविधान सभा र २०७४ को स्थानीय तह चुनावको मत परिणाम बिश्लेषण  गरेर क्षेत्र छुट्टाइने छ । दुबै दलले बिशेषज्ञसंग समेत छलफल गरी चुनावी मतपरिणामको बिश्लेषण गराइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा