वर्षायाममा पिउनुहोस् पुदिना चिया, पाउनुहुनेछ यस्ता फाइदा

औषधीको गुणले भरिपूर्ण पुदिनाको सेवनले विभिन्न स्वास्थ्य समस्याबाट बचाउन मद्दत गर्छ । यसलाई विभिन्न तरिकाले प्रयोग गर्न सकिन्छ जसमध्ये चारमा यसको प्रयोगबारे धेरैका जानकार छन् । तर आज हामी तपाईलाई यसको भिन्न प्रयोगको बारेमा तपाईलाई बताउने छौं जुन एकदमै फाइदाजनक छ ।tea

पुदिनालाई तपाई चियाका लागि प्रयोग गर्न सक्नुहुन्छ । वर्षायाममा यसको चिया सेवन स्वस्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ ।

यो चिया तयार गर्नका लागि तपाईलाई ८, १० वटा पुदिनाको पातको आवश्यक पर्दछ । साथै आधा चम्ची कालो मरिच, स्वाद अनुसार कालो नुन र दुई कप पानी ।

पुदिनाको चिया बनाउनका लागि सबैभन्दा पहिले पानी उमालेर राख्नुहोस् । उम्लेको पानीमा पुदिनको पात, कालो मरिच र नुन राख्नुहोस् र पाँच मिनेट जति त्यसलाई उमालेर आगो बन्द गरिदिनुहोस् । यसलाई छानेर चिया पिउनुहोस् ।

यो चिया तपाई वर्षातयामको अलावा अन्य समयमा पनि सेवन गर्न सक्नुहुन्छ । यसले तपाईको रोग प्रतिरोधक क्षमता बढाउन मद्दत गर्छ, पाचन प्रणालीलाई मजबूत बनाउँछ । यसले गर्मीको समयमा अधिकांशलाई देखा पर्ने पिसाब पोल्ने समस्याको पनि निराकरण गर्छ ।

यसबाट स्वास सम्बन्धि समस्याबाट पनि छूटकारा दिलाउँछ । फंगल इन्फेक्सनको रोग, आस्टियोआर्थराइटिसलाई कम गर्ने काम पनि गर्दछ । साथै यसले क्यान्सरजस्तो प्राणघातक रोगलाई प्रतिरक्षा गर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि