आइपिएलमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले अर्को फड्को मारेका छन्। उनी वेष्ट इन्डिजविरुद्धको आइसिसी विश्व ११ टिममा परेका छन्।
जेठ १७ गते इंगल्यान्डको लर्डस्मा हुने सो खेलमा आइसिसी विश्व ११ को तर्फबाट इंगल्यान्डका खेलाडी इयान मोर्गन कप्तान छन्। आइपिएलमा प्रभावशाली प्रदर्शन गरेपछि उनी सो टिमका लागि छनोट भएका हुन्।
बंगलादेशका सकिल अल हसनले व्यक्तिगत कारण नाम फिर्ता लिएपछि सन्दिपले मौका पाएका हुन् । उनका लागि यो ऐतिहासिक खेल हुनेछ ।
आफुलाई विश्व ११ टिममा समबेश गरिएकोमा खुशी व्यक्त गर्दै सन्दीपले यो आफ्नो देश र सम्पूर्ण नेपाली क्रिकेट प्रेमीहरुको लागि सम्मान भएको बताएका छन्।
वेष्ट इन्डिज विरुद्धको विश्व ११ टिममा विश्वका चर्चित खेलाडीहरु साहिद अफ्रिदी, तमिम इक्बाल, दिनेश कार्थिक, रसिद खान, सोयब मल्लिक, हार्दिक पाण्डे, थिसेरा परेरा जस्ता चर्चित खेलाडीहरु छन्। आइपिएलको डेब्यु खेलमा नै प्रभावशाली बलिङ गरेपछि सन्दीपको चर्चा बिश्वभरी फैलिएको छ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द