वर्तमान दुई तिहाइको सरकार बाँदरको हातमा नरिवल : नेता पौडेल

नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान दुई तिहाईको सरकार बाँदरको हातमा नरिवल भन्दै व्यङग्य हानेका छन् ।

नेपाली काँग्रेसले देशैभर गरेको एक दिने विरोध प्रदर्शनलाई तनहुँमा सम्बोधन गर्दै नेता पौडेलले यस्तो कुरा बताएका हुन् । ‘आज दुई तिहाई बहुमतको सरकार छ । यो सरकार अधिनायकवादतर्फ अगाडि बढिरहेको छ ।अधिनायकवादको प्रमाणा देउ भन्यो, आज सर्वाेच्च अदालतमाथि कुन हवला गरिंदैछ । आज पार्टीको पोलिटब्यूरो र नेतालाई सोधेर दुई तिहाई बाँदरको हातमा नरिवल बनेको छ,’ नेता पौडेलले भने, ‘दुई कम्युनिष्ट मिलेर नेपाली जनताको विरुद्ध लागेका छन् । जताततै महंगी, जथाभावी कर लगाउने, भ्रष्टाचार बढाउने काम भईरहेको छ । वाइडबढी जहाज किन्दा अरबौंको भ्रष्टाचार भएको छ । जताततै भ्रष्टाचार बढिरहेको छ ।’ भ्रष्टाचार सहन्न भन्ने प्रधानमन्त्री केपी ओली भ्रष्टाचारीको आसपासमा घुमिरहेको उनको आरोप थियो ।

नेता पौडेलले वर्तमान सरकार लोकतन्त्र विरोधी बन्दै गएका कारण देशैभर विरोधसभामार्फत सतर्क गराएको भन्दै यस्तै रवैया कायम रहे खैराँत नरहने चेतावनी दिए ।

उनले भने, ‘अधिनायकवादीहरु यस्तै विश्वास गर्दै जान्छन् कुनैपनि दुस्साहसीको खैराँत रहनेछैन । ७० वर्ष लडेर हामीले विकासको समृद्धिको ढोका खोलेका छौं । त्यो संसदमा ल्याएको दुई तिहाई मत हाम्रो संघर्षले स्थापीत भएपनि आज लोतन्त्रलाई खतरातर्फ लगिंदैछ । विश्वभरी नेपाली जहाँ जहाँ पुगेका छन् नेपालमा लोकतन्त्रको रक्षाको लागि नेपालको उन्नती र प्रगतीको लागि विश्वभरी नै प्रदर्शनी भईरहेको छ । हामी खबरदारी गरिराख्छौं । ’

उनले काँग्रेसले बनाएको भवन उद्घाटन गर्न केपी ओली कुन दिन ढल्किदैं आउँछन् भन्दै व्यङ्ग्य हानेका थिए । ‘कृष्णप्रसाद भट्टराईले शुरु गरेको मेलम्चीमा आज ओलीहरु नै फोटो खिच्न पुगेका छन् ।’ उनले भने, ‘अदालतको सातो उडाएका छन्, अख्तियारको सातो उडाएका छन् । आज यीनीहरु निरकुंशतातिर लागेका छन् । उनीहरुलाई ढाल्ने अब जनताबाहेक अरु कोहि छैन । कम्युनिष्ट पार्टीका कार्याकर्तालाई सबै छुट पाउने अवस्था बनाईदैछ ।’

उनले आफ्ना कार्यकर्ताको भरणपोषण गराएर इतिहासको नयाँ शोषणकारी साम्यवाद ल्याउन वर्तमान सरकार उदृत रहेको आरोप पनि लगाए ।

‘अब कम्युनिष्टको रातो झण्डा ओडेपछि अपराधी पनि जेल जान पर्दैन , बलत्कारी नि छुट्छ, लुटिएका सम्पत्ति सबै आफ्नो बनाउने प्रपञ्च भईरहेको छ ।’  उनले भने ।

सभामुख र उपसभामुख एउटै पार्टीका हुन नहुने उनकाे भनाइ थियाे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक