नयाँ शक्ति पार्टीको बैठकमा उठेका कुराहरू –
– नेत्रित्वले बाम र लोकतान्त्रिक भन्दै फट्कोमारेर पार्टीको जनमत र कार्यकर्ता पलायनमा भूमिकाखेले बापत पार्टी पराजयको क्षमायाचना , जिम्मेवारी बोध सहित आत्माआलोचना गर्ने कि नगर्ने ?
– यो बाद त्यो बाद भनेर कुरा गर्ने सम्वृद्धिका कुरा गर्ने तर तिनलाई प्राप्त गर्ने रणनीति र साधनहरु केके हुने ??
किशानहरुलाई तालिम , उद्यम सिलता बिकास , सम्वृद्धि स्वयं सेवक परिचालन , नेपाली उत्पादनहरुको प्रबर्धन , आधुनिक कृषि, सूचना प्रबिधिको प्रबर्धनमा सत्तामा नगईकन नै कसरि ब्यबहारिक तहमा झल्को दिन सकिन्छ ? सोच्ने बिचार गर्ने र एक्सनमा जाने की नजाने ?
– सामाजिक विभेद , भ्रस्टाचार , स्वास्नी छोराछोरी समनुपत्तिक सभासद बनाउने , चुबवमा अत्यधिक धन खन्याएर लडीने, चुबव र समानुपातिक प्रतिनिधत्वको विभेद , शैक्षिक माफिया , मेडिकल , यातायातको असुरक्षा , बाताबरण , पर्ताबरण बिनास बिरुद्ध सुसुप्त हतियार रहित जनक्रान्ति उद्घोस गरेर समस्या , चुनौती , रणनीती , जिम्मेवारी त्यसको मुल्यांकन सहितको कार्ययोजना बनाउन अग्रसर हुने कि नहुने ? या फेस्बुके हल्ला गरि बस्ने ?
-हामी बाम , लोकतान्त्रिक , गणतान्त्रिक , समाजवादी , पुँजीवादी सबै भनेर गोलमटोल कुरा गर्ने कि सामान्य जनताले बुझ्ने भाषामा बिपीले गरिब किसानको ब्याख्या गरे जस्तै सबैले बुझ्ने भाषामा समाजवादको प्रतीकात्मक ब्याख्या गर्ने ?
– सधैभारी गोलमटोल भाषा प्रयोग गरेर कार्यकर्ता र जनतालाई गुमहराहमा राख्नेकि नेत्रित्व पन्गतीका कमीकमजोरीहरु सार्बजानिक गरेर सुधारका सुत्र र उपाय सहितको रेसिपी निकाल्ने ?
– तात्कालीन , अल्पकालीन र दिर्घकालिन रणनीति के हुने ? कसरि कार्यन्वयनमा जाने ?
-हाम्रो प्रयास पुरानो राजनितिक संस्कार फेर्न जनस्तरबाट चेतना बिकास गर्ने र माथिबाट बैचारिक प्रहार संगै दुवै मोर्चामा हस्तक्षेप बाट हुने कि नहुने ?
– बिद्यार्थी र कर्मचारी संगठन खारेजी गर्ने कि नगर्ने ? बिग्रिन पो अन्जनमा होला सिकेर त सुध्रिन पाइन्छ इमान्दारिताका साथ सुध्रिने प्रण गर्ने र साचो बैकल्पिक दल बन्न पहल गर्ने कि नगर्ने ?
– बिदेशका संजालहरुलाई केवल चन्दा उठाउने दुधालु गाइको रुपमा रख्ने कि बिश्वभरबाट आफ्नो क्षेत्रमा स्वयं सेवा गर्न कार्ययोजना बनाउने ? तिनको मताधिकार ,बिदेशमा संस्कृति भाषा , नेपाली उत्पादन प्रबर्धन माध्यम बिचार गर्ने कि नगर्ने ?
– हरेक ठाउ र मुद्धामा नेत्रित्व आफै कुदने, बोल्ने लत्रिने कि नयाँ नेत्रित्व विकासको रणनीति तयारगरी युवा र सम्भावितहरुलाई तालिम र मेन्टरिङ्ग गर्ने ?
– पार्टीबाट १ जना हैन , २ जना हैन सयौं कार्यकर्ता पलायन हुनुमा तिनलाई दोष थोपर्ने कि अन्तरिक कमि कम्जोरी र बाधाहरु पन्छाउने ?
– नयाँ आकर्सित गर्नु त कता हो कता संस्थापक कार्यकर्तालाई अपमानित हुने गरि ठमेलका ब्यपारी, तस्करी र धनीलाईलाई पैसाको मुठेा र चिप्लो कुरा गरेको भरमा प्रमोसन गर्ने, पार्टी र संगठनका विषयमा चिन्ताका साथ कुरा राख्नेलाई बेवास्ता गरि सबै कुरामा आफै पोख्त भएजस्तो गरि डाक्टरि दम्भ देखाउने र पार्टी फ्यान क्लब चलाएझै चलाउने कि पार्टीको रुप दिने ?
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने