२९ असोज, पोखरा : लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णहरि भण्डारी ८२४ मत प्राप्त गरी निर्वाचित भएका छन । संघको ११औँ महाधिवेशनअन्तर्गत शनिबार निर्वाचन भई सम्पन्न मतपरिणामअनुसार उनका निकटतम प्रतिद्वन्द्वी वसन्तमोहन भट्टराईले ३१७ मत प्राप्त गरेका थिए ।
वरिष्ठ उपाध्यक्षमा बलराम ढकाल, प्रथम उपाध्यक्षमा छत्रधर आत्रेय, द्वितीय उपाध्यक्षमा विनोदकुमार श्रेष्ठ निर्वाचित भएका छन । त्यस्तै महासचिवमा भरतकुमार अधिकारी, उपमहासचिवमा गोपीचन्द्र बाँस्तोला, कोषाध्यक्षमा राजेन्द्र ओझा विजयी भएका छन ।
आठजना खुल्ला सदस्य पदमा १५ जनाबीच भएको प्रतिस्पर्धामा उपेन्द्रराज सुवेदी, रामजी पौडेल, मेनुका श्रेष्ठ, भरतराज ओझा, सरोजराज अधिकारी, भीमबहादुर नेपाली काइला, शिवप्रसाद भण्डारी र धीरजकुमार श्रेष्ठ निर्वाचित भएका छन । दुई महिला सदस्यमा जानुका अधिकारी र राधा सापकोटा निर्वाचित भएका छन ।
संस्थागतर्फ शैलेन्द्रमोहन भट्टराई र एशोसिएटतर्फ प्रशान्तराज धमला यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो । कार्यसमितिमा निर्वाचित अध्यक्षले तीनजना सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ । संघका नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । निर्वाचनमा कूल एक हजार १५७ मत खसेको थियो ।
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।
कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्
काठमाडौँ, कात्तिक २१ गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट
कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि
कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से
आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा