यही ३० चैतबाट दर्शकमाझ अएको चलचित्र ‘लिली बिली’ले पाँच दिनमा ४ करोड ५ हजार रुपैयाँको व्यापार गरेको यसको निर्माण पक्षले जनाएको छ । यो चलचित्र अहिले पनि दर्शकको मन जिति रहेको छ ।
तीन साता अघिबाट प्रदर्शनमा आएको शत्रु गते र अन्य दुई नेपाली चलचित्रसँग जुध्नुपर्दा पनि लिली बिलीको व्यापार सोचे भन्दा राम्रो भएको यसको निर्माताहरुको भनाई छ ।
निर्माता गोबिन्द शाहीले बुधबार सञ्चारकर्मीसँग भने,‘मँगलबारसम्म मुलुकका सबै हलको हिबास जोडले लिली बिलीले ४ करोड ५ हजार देखियो । यसले पहिलो साता करिब चार करोड ७५ लाख व्यापार गर्ने अनुमान हाम्रो छ ।’
यो चलचित्र मुलुकका ९६ सिनेमा हलमा प्रदर्शन भईरहेको छ । बुधबार आफ्नो सिनेमा काठमाडौं उपत्यकाको क्युएफएक्समा १४ शो, बिग मूभिजमा ७ शो, एसक्युबमा ६ शो, बिएसआरको एउटा हलमात्र चलेको भए पनि तीन शो पाएको पनि गोबिन्दले बताए । यस्तै गोपिको गोपि र नममा, गुणको क,ख,चमा अष्ट क र खमा, बाराही क लगायत सबै जसो सिँगल थिएटरमा पनि लिली बिलीले राम्रो व्यापार गरेको निर्माता शाहीले बताए ।
चलचित्रले दोस्रो साता पनि राम्रो व्यापार गर्नेमा आफुहरु विश्वस्त रहेको यसका निर्देशन मिलन चाम्सले बताएका छन् । उनले कथाको माग अनुसार बिदेशमा छायाँकन गरेर बलिउड स्तरको सिनेमा आफुले दिन सकेको जिकिर गरेका छन् ।
यो चलचित्रमा नव अभिनेत्री जसिता गुरुङको अभियनले सबै भन्दा बढी चर्चा पाएको छ ।
त्यसो त प्रदीप खड्काको अभिनयलाई पनि दर्शकले त्यत्तिकै रुचाएका छन् । प्रियँका कार्की, अनुप बिक्रम शाही, सविन श्रेष्ठ, धुब्र दत्त लगायतका कलाकारका अभिनय यो चलचित्रमा रहेको छ । लिली बिलीलाई गोबिन्द शाही, सुदीप खड्का र मिलन चाम्स्ले निर्माण गरेका हुन् ।
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
असार ८ काठमाडौं । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको