लिम्पियाधुरासहितको नयाँ नक्सा मन्त्रिपरिषदमा पेश हुँदै

काठमाडौं, जेठ ४ : सरकारले अतिक्रमित भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरेको छ।

nepal-map

भूमि व्यवस्था तथा सहकारी मन्त्रालय स्रोतका अनुसार नापी विभागले तयार पारेको नक्सा आज (आइतबार) मन्त्रिपरिषदमा पेश गरिँदैछ। नक्सा तयार भइसकेको र आज भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले मन्त्रिपरिषदमा पेश गर्ने मन्त्रालयका एक अधिकारीले बताए।

सरकारको नीति तथा कार्यक्रममासमेत नयाँ नक्सा सार्वजनिक गरिने प्रतिवद्धता उल्लेख गरिएको छ। सोही प्रतिवद्धताका आधारमा मन्त्रालयले नक्सा बनाउन तयारी थालेको हो।

गत मंसिर महिनामा भारतले लिपुलेकलगायतका क्षेत्रसहित आफ्नो नक्सामा सामेल गरेर सार्वजनिक गरेपछि नेपालमा पनि आफ्नो भूमिसहितको नयाँ नक्सा साजर्वजनिक गर्न जनस्तरबाट सरकारलाई दबाब दिइएको थियो। यद्यपी सरकारले कूटनीतिक माध्यमबाट समस्याकाे समाधान गर्ने बताउँदै आएकाे थियाे तर नेपालले गरेकाे वार्ता प्रस्तावलाई भारतले वेवास्ता गर्दै आएकाे छ।

हालै भारतले लिपुलेकमा सडक निर्माण गरेपछि सरकारलाई सो क्षेत्रसमेत समेटेर नक्सा जारी गर्न चौतर्फि दबाब परेको छ। सोही सन्दर्भमा सरकारले नीति तथा कार्यक्रममार्फत नक्सा सार्वजनिक गर्न प्रतिवद्धता जनाएको हो।

नेपालको हाल प्रचलनमा रहेको नक्सा र नेपालको संविधानको अनुसूचीमा उल्लेखित राष्ट्रिय नक्सामा समेत लिम्पियाधुरा छैन।

मन्त्रिपरिषदले अनुमोदन गरेपछि नयाँ नक्सा सार्वजनिक गरिनेछ। मन्त्रिपरिषद बैठक आज साँझ ५ बजे बालुवाटारमा बस्दैछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी