March 3, 2018

ललितपुरको फुटपाथका कारण अस्तव्यस्त महानगरपालिका (रासस)

ललितपुर, १९ फागुन (रासस) : ललितपुर महानगरपालिकाका व्यस्त सडकमा फुटपाथ पसल नहट्दा सिंगो नगर क्षेत्र अस्तव्यस्त भएको छ । फुटपाथ पसलका कारण सवारी चालक, पैदलयात्रीसँगै स्थानीय व्यापारीसमेत हैरान बनेका छन् । महानगरपालिकाले केही समयका लागि कडाइ गर्दा सडक खाली भए पनि त्यो लामो समयसम्म टिक्न सकेको छैन । दिउँसो सडकको बीच भागसम्मै पसल राख्दा यातायात आवागमनलाई समेत बाधा पुगिरहेको छ । बसपार्कमा केही वर्ष पहिले व्यापारी खाट नै राखेर बस्ने गरेका थिए । अहिले त्यो नभए पनि बसपार्कमा ठूलो संख्यामा व्यापारी छन् ।

ललितपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष रवीन्द्रराज ताम्राकार फुटपाथ पसल नगरको दीर्घकालीन समस्या भएर रहेको बताउछन्  । “फुटपाथ हटाउनका लागि प्रशासन र महानगरपालिकाले समय समयमा पहल गरे पनि त्यो लामो समय टिक्ने गरेको छैन”, उनी   भन्छन् , “फुटपाथ हटाएको दुई/चार दिनमै सडकमा उत्तिकै पसल हुन्छ ।” फुटपाथका कारण यहाँ आउने पर्यटकसमेत हैरान छन् ।

काठमाडौँ उपत्यकाका नगर क्षेत्रका सडकमा व्यापार गरेर जीविकोपार्जन गर्ने धेरै छन् । रोजगारीका लागि काठमाडौँ उपत्यका आएका धेरै मानिसले अरु काम नपाएपछि सडकको व्यापारलाई आर्थिक उपार्जनको माध्यम बनाएका छन् । नगरका लगनखेल, मंगलबजार, सातदोबाटोलगायत स्थानमा धेरै फुटपाथ पसल छन् ।

नगर प्रहरी प्रमुख कदमलाल महर्जन महानगरपलिकामा सबैभन्दा बढी फुटपाथ व्यवस्थापनको खाँचो लगनखेल–मंगलबजार सडकखण्डमा रहेको बताउछन्  । एक पटक हटाउँदैमा फुटपाथ पसल हट्न नमान्ने र नियमित रुपमा लाग्नका लागि जनशक्तिको कमी रहेको उनले बताए । उनले भने, “हामीले हटाएको केही समयमा नै आँखा छलेर पसल बाटोको बीचमा नै राख्छन् ।”

महानगरपालिकामा अहिले २३ नगर प्रहरी कार्यरत छन् । न्यायिक समितिको निर्णय कार्यान्वयन, पार्किङ व्यवस्थापन, भवन सुरक्षा, सार्वजनिक सम्पत्तिको सुरक्षालगायत काम उनीहरुको जिम्मेवारीमा छ । फुटपाथ व्यवस्थापनमा धेरै जनशक्ति लाग्दा मात्रै फुटपाथ व्यवस्थापन गर्न सकिने उनी  बताउछन्  । सार्क सम्मेलनका समयमा दिनरात काम गरेर नगर प्रहरीले सडक खाली गरेको थियो । उनी भन्छन् , “अहिले पनि धेरै जना र नियमित खटिएर मात्रै फुटपाथ खाली गराउन सकिन्छ ।” समय समयमा फुटपाथ व्यवस्थापनमा महानगरपलिकाले चासो देखाए पनि त्यो लामो समयसम्म टिकेको छैन । फुटपाथ पसल राख्न बन्द नै गर्दा यहाँका पार्टी निकट संगठनले विरोध गर्दै आएका छन् । सबै दलका साना व्यापारीको संगठन छ ।

नगर प्रमुख चिरीबाबु महर्जन छिटै फुटपाथ व्यवस्थापन आफ्नो प्राथमिकतामा रहेको  बताउछन् । उनका अनुसार फुटपाथ व्यवस्थापनमा लाग्न नगर प्रहरीलाई निर्देशन दिइएको छ । यसअघि फुटपाथ व्यवस्थापन भए पनि लामो समयसम्म हुन सकेको थिएन । उनी  भन्छन्, “औँसीदेखि पूर्णिमासम्म मात्रै फुटपाथ हट्ने गरेकामा अब नगरमा यो समस्या सधैँका लागि हटाउने योजना रहेको छ ।” लगनखेलदेखि मंगलबजारसम्म फुटपाथ पसलकै कारण ट्राफिक व्यवस्थापन हुन सकेको छैन । ट्राफिक व्यवस्थापन गर्ने उनको योजना छ । त्यसका लागि समेत फुटपाथ व्यवस्थापन राम्रोसँग गरिने उनी बताउछन् । फुटपाथ हटाउनेभन्दा व्यवस्थापन गर्नुपर्ने विषय समय मयमा उठान भइरहेको छ । फुटपाथ व्यापार गर्नेको व्यवस्थापनकै लागि केही वर्ष पहिले तत्कालीन उपमहानगरपालिकाले जिल्ला अदालत कार्यालय अगाडि टहरा निर्माण गरेको थियो । अहिले त्यो टहरा लेखापढी व्यवसायीलाई महानगरपालिकाले भाडामा लगाएको छ ।

–––

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न