लकडाउन उल्लंघन गर्दै धुलिखेल आइपुगेका ५० भारतीय मजदुर प्रहरीको नियन्त्रणमा

जेठ ४,काठमाडौं : काभ्रे प्रहरीले ५० भारतीय मजदुरलाई नियन्त्रणमा लिएको छ । लकडाउन उल्लंघन गर्दै सिन्धुपाल्चोकको जल्किनी भन्ने ठाउँबाट आएका ५० भारतीय मजदुरलाई धुलिखेलमा नियन्त्रणमा लिएको काभ्रे प्रहरीले जनाएको छ ।

kantener_Makalu

भारतको झारखण्डस्थित दुम्का जिल्ला घर बताउने ५० मजदुरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी कुमारविक्रम थापाले जानकारी दिए । उनले भने, “खाद्यान्न ढुवानी गर्ने कन्टेनरले ५० भारतीय मजदुरलाई धुलिखेल ल्याएर छाडेर भागेको रहेछ, हामीले कन्टेनर, कन्टेनर चालक, तथा ५० भारतीय मजुरलाई नै नियन्त्रणमा लिएर धुलिखेलस्थित खुला चउरमा सामाजिक दूरी कायम गरेर राखेका छौं ।” 

नियन्त्रणमा लिएका भारतीय मजदुरलाई सिन्धुपाल्चोकमा उनीहरूले काम गर्ने ठाउँमै लगेर राख्ने विषयमा सिन्धुपाल्चोका प्रमुख जिल्ला अधिकारीसँग समन्वय भइरहेको उनले बताए । 

५० भारतीय नै सिन्धुपाल्चोकको जल्किनी भन्ने स्थानमा विद्युत् ट्रान्समिसन लाइन बनाउने मजदुर रहेको डीएसपी थापाले बताए । उनीहरूले आफूसँग भएको खानेकुरा तथा खाना पकाउने भाडाँकुँडा पनि साथै लिएर आएका छन् । कन्टेनरले हिँडेर आउँदै गरेका मजदुरलाई बाटोमा भेटेपछि चढाएर ल्याएको प्रारम्भिक जानकारी आएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी