December 21, 2017

रोहितको उत्कृष्ट ब्याटिङ, भैरहवाको लगातार दोस्रो  जित 

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा भैरहवा ग्लाडिएटर्सले लगातार दोस्रो जित निकालेको छ । बिहिबार भएको पहिलो खेलमा ललितपुर प्याट्रिएट्सलाई ४ विकेटले पराजित गर्दै भैरहवाले लगातार दोस्रो जित निकालेको हो ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ललितपुरले दिएको १४२ रनको लक्ष्य भैरहवाले २० ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । भैरहवाको जितमा नायक बने रोहित कुमार पौडेल । छैटौं विकेटका रुपमा रोहितले आक्रामक ब्याटिङ गर्दै ११ बलमा ३१ रन जोडे । रन आउट भएका उनले पाँच चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै भारतीय खेलाडी पुनित विष्टले अर्धशतकीय पारी खेले । बिष्ट ५० रन जोडेर आउट भए । त्यसबाहेक भैरहवाका आरिफ शेखले अविजित २७ रन जोड्दा कप्तान शरद भेषवाकरले १३ रन जोडे । ललितपुरका  योगेश नगरले २ तथा सन्दिप लामिछाने र सुबोध भाटीले समान एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४१ रन बनाएको थियो । ललितपुरका लागि भारतीय खेलाडी योगेश नगरले अर्धशतकीय पारी खेल्दै ५४ रन बनाए  । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले ४२ तथा जयकिशन कोल्सावालाले १४ रन बनाएका थिए । भैरहवाका दिपेश श्रेष्ठले ३ तथा आरिफ शेख र पुनित मिश्रले समान २ – २ विकेट लिए ।

यो जितसँगै भैरहवा लिगको शिर्ष स्थानमा उक्लिएको छ । भैरहवाले २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा भैरहवाले काठमाडौँ किङस इलाभेनलाई ७ विकेटले हराएको थियो । समान ४ अंक जोडेको विराटनगर वारिवर्स दोस्रो स्थानमा रहेको छ । यता, लगातार दोस्रो हार बेहोरेको ललितपुर २ अंक जोडेर चौथो स्थानमा छ । ललितपुरले पहिलो खेलमा काठमाडौँलाई पराजित गरेको थियो भने दोस्रो खेलमा विराटनगरसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति