रेष्टुरेन्ट र बारमा १० प्रतिशत सेवा शुल्क तिर्नु नपर्ने

काठमाडौं, माघ १५ : नेपालमा सञ्चालित रेष्टुरेन्टहरूले लिँदै आएको सेवा शुल्क खारेज गरेका छन्। रेष्टुरेन्ट व्यवसायीको संस्था रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले सोमबारको बैठकबाट सेवा शुल्क नलिने निर्णय गरेको हो।

bill

व्यापार तथा व्यवसायमा उपभोक्ताको लागत कम गर्न भन्दै यस्तो निर्णय गरिएको रेवानका अध्यक्ष प्रमोद जैसवालले जानकारी दिए।

यसअघि रेष्टुरेन्ट तथा बारको बिलमा १० प्रतिशत सेवा शुल्क जोडिएर आउँथ्यो। त्यसरी आएको रूपैयाँ मजदुर र उनीहरूकासंगठनले भागबन्डा लगाउने व्यवस्था गरिएको थियो।

रेवानमा आवद्ध रेष्टुरेन्ट तथा बारहरूमा यो निर्णय मंगलबारदेखि नै लागू गर्ने छन्। यद्यपी सफ्टवेयर बिलिङ प्रणाली भएकालाई भने केही समय लाग्नेछ। रेवानको यो निर्णयसँगै ठूला होटल र पार्टी प्यालेसलाई पनि दबाब पर्ने भएको छ।

पछिल्लो समय सामाजिक सुरक्षा कोषबाट मजदुरहरूको सुरक्षा भएको र स्वेच्छिक रूपमा दिने टिप्सलाई कुनै पनि बन्देज नलगाएकोले मजदुरलाई असर नपर्ने रेबानले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी