रेल आउँछ–आउँछ, आउँदैन !

जनकपुर—जयनगर—कुर्था रेल सञ्चालनका लागि एक वर्ष्भित्र चार पटक बेग्लाबेग्लै मिति घोषणा भइसक्यो। तर रेल आउने छाँटकाट अझै छैन। जयनगरदेखि कुर्थासम्मको ३५ किलोमिटर रेलमार्ग बाढीले क्षतिग्रस्त बनाएपछि अन्योल बढेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा मनिका झाले लेखेका छन् ।

गत साता मधेसमा आएको भीषण बाढीले रेल्वे ट्र्याक भताभुंग बनाएको छ। पूर्वी धनुषाको जनकनन्दनी गाउँपालिका—१ इनर्वामा कमला नदीको तटबन्ध फुटेर आएको भेलले सय मिटरजति रेल्वे ट्र्याक तहसनहस पारेको छ । जनकपुर—भंगहा–पिपराढी स्टेसनको लोहारपट्टी हल्टमा ४ किलोमिटर तयार भइसकेको ट्र्याक बेड पनि बाढीले क्षति पुर्‍याएको छ ।

रातो खोलामा आएको बाढीको पानीमा रेल्वे ट्र्याक एक मिटरभन्दा बढी डुबेको छ। डेढ सय मिटर ट्र्याक पूर्णरूपमा क्षतिग्रस्त भएको छ । बाढीले कुर्था स्टेसनको १० मिटर जति पर्खाल भत्काएको छ । जयनगर स्टेसनदेखि धनुषाको कुर्था स्टेसनसम्म ३४ किलोमिटर रेल्वे ट्र्याकमा कतै धेरै र कतै सामान्य क्षति पुर्‍याएको रेल विभाग साइट कार्यालय जनकपुरका इन्जिनियर विनोद ओझाले बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण