रेपको भिडियो देखाएर महिलामाथि सामुहिक बलात्कार

 भारतको पश्चिम बंगालमा जागिर दिने प्रलोभन देखाएर एक महिलाको सामुहिक बलात्कार गरिएको छ। ती महिलालाई जागिर दिने भन्दै एक व्युटी पार्लसमा बोलाइएको थियो जहाँ उनीमाथि सामुहिक बलात्कार मात्र गरिएन भिडियो पनि बनाइयो। 

भिडियो बनाएपछि ती महिलालाई ब्याकमेल गर्दै बारम्बार सामुहिक बलात्कार गरिएको भारतीय संचारमाध्मले जनाएका छन्। शुक्रबार महिलाले आफ्ना परिवारका सदस्यलाई घटना बारे बताएपछि शुक्रबार नै प्रहरीमा उजुरी दिइएको छ। अहिले प्रहरीले आरोपी मध्ये तीन जनालाई पक्राउ गरिसकेको छ भने दुई जनाको खोजी कार्य जारी रहेको छ।

यो घटना कोलकाताको तिजाला इलाकाको हो। प्रहरीका अनुसार रीना बेगम नामकी महिलाले पीडित महिलालाई जागिर दिने बहानामा आफ्नो व्यूटी पार्लरमा बोलाएकी थिइन्। त्यहाँ उनीमाथि सामुहिक बलात्कार गरियो। घटनापछि पीडित महिला पार्लरबाट जान खोज्दा बलात्कारीले बलात्कार गरेको भिडियो देखाएर कसैलाई पनि केही नभन्न धम्की दिएका थिए।

महिला चुपचाप आफ्नो घर गइन। तर उनले आफ्नो परिवारका सदस्यलाई केही पनि भनिन्। यो सिलसिला त्यत्तिमै रोकिएन ती बलात्कारीले ब्यालमेल गर्दै महिललाई बारम्बार पार्लरमा बोलाएर बलात्कार गरे। अति भएपछि महिलाले शुक्रबार आफ्ना परिवारका सदस्यलाई सबै कुरा बताइन्। र शुक्रबार नै प्रहरीमा उजुरी पनि गरिन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ

पहिलो पटक हुम्लामा स्याउको मूल्य निर्धारण

हुम्ला, असोज १७ गते । स्याउ उत्पादनको राम्रो सम्भावना भएको हिमाली जिल्ला हुम्लामा पहिलो पटक स्याउको