August 11, 2017

रेणु, तिमि मतको प्रतिनिधिको रुपमा विजयी भयौ, तर नैतिक रुपमा नराम्रोसँग पराजित पनि भएकी छौ

 तिमिले जति कठिन तरिकाले यो निर्वाचन जित्यौँ त्यो भन्दो लाखाै गुणा तिमिलाई काम गर्न गाह्रो हुनेछ । 

पृथ्वीराज ढुङ्गेल

स्थानिय तहको निर्वाचन भनेको जनताको घर दैलोमा भएको समस्याको पहिचान स्थानिय तह मा नै गरी सोहि क्षेत्रमा भएको जनताको सहयोगमा ती समस्याको समाधान गरी जनतालाई सुविधा सम्पन्न गराउने हो । नेपालमा २०५४ मा भएको स्थानिय तहको निर्वाचनबाट निर्वाचित जन प्रतिनिधिको कार्यअवधि सकिए पछि नेपालमा रहेको स्थानिय सरकार जन प्रतिनिधि विहिन थिए भने जनताले पाउने सेवा तथा सुविधाको वितरण सिंहदरबारबाटै बाँडफाँड भई सञ्चालन हुने गरेको थियो ।

विभिन्न समयमा आएको राजनीतिक उतार चढावका विच राज्य पुनः संरचना भइ संघियतामा गएको छ । भने केहि स्थानिय तहमा जनप्रतिनिधिले जनताको मतबाट निर्वाचित भइ आ–आफ्नो जिम्मेवारी निर्वाह गरी सो क्षेत्रमा रहेको जनताको सेवा सुविधाको वितरणमा विकास ल्याउने भन्दै काम समेत सुरु गरी सकेका छ ।

सरकारले आफ्नो निर्णय सक्षम तरिकाले गर्न नसक्नु र सानो सानो कुरा अल्झिनाले एकै चरणमा हुनु पर्ने निर्वाचन ३ चरणमा गर्ने भएको छ । बैशाख ३१ मा नै सम्पन्न गर्नु पर्ने स्थानिय तहको निर्वाचन सरकारले आफ्नो अडान गातिलो ढंगले राख्न नसकेको कारण बैशाख ३१ र असार १४ मा २ चरणमा निर्वाचन भएको छ भने तराईमा राजनीति गर्ने भन्दै कोठा कोठमा सञ्चालन भएको र केहि समय अघि मात्र एकी करण भइ बनेको राजपाको हेपाहा प्रवृत्तिलाई कुनै क्षेत्रबाट फइदा देखेरै होला सायद पटक पटक निर्वाचनको मिति सारी रहेको ।

यसरी राजपाको विभिन्न अडानका कारण प्रदेश नम्बर २ का जनताले आफ्ना जन प्रतिनिधि छनौट गर्न लामो समय देखि बञ्चित रहेका छन् ।

देशमा भएका अन्य प्रदेशको सबै क्षेत्रमा जनताले आफ्नो प्रतिनिधि पाइ सकेको बेला २ नम्बर प्रदेशका जनता भने सो अधिकारबाट बञ्चित भएका छन् । असोज २ मा हुने भनेको निर्वाचन समेत कुनै टुङ्गो नभएको भन्दै जनताले सरकारको आलोचना हुनु स्वभाविक नै हो ।

अब चर्चा गरौँ पहिलो चरणको स्थानियत तहको निर्वाचनको । जहाँ नेपाली काँग्रेस र माओवादी केन्द्रको विशेष तालमेल गरेको थियो । नेपाली काँग्रेस र मओवादी केन्द्रले आफ्नो कमजोर अवस्था भएको धेरै जसो क्षेत्रमा तालमेल गरेको थियो । यसरी तालमेल गरेर अघि बढ्दा समेत खासै राम्रो नतिजा ल्याउन भने सकेन ।

पहिलो चरणको निर्वाचनमा विशेष ध्यानका साथ हेरिएको चितवनको भरतपुर महानगरपालिकामा सत्ताधारी दलहरुको रुपमा रहेका माओवादी केन्द्र र नेपाली काँग्रेसले तालमेल गरेका थिए । निर्वाचनमा जो संग विचार र सिद्धान्त मिल्दो जुल्दो हुन्छ सो संग तालमेल गरेरै अघि बढ्ने हो ।

अधिकांश जनताको मन जुन दलको उम्मेद्वारले जित्दछ उही नै सो क्षेत्रको जनप्रतिनिधिको रुपमा घोषित हुने गर्दछ । तर जवरजस्ती रुपमा पार्टीको दवाबमा जनतालाई धम्क्याएर भोट हाल्न लगाएर जितेको उम्मेद्वार सिमितका लागि स्वीकार होला तर जनताको मनमा त्यो उम्मेद्वार सायद नराम्रोसंग गिरेको हुन्छ । यस्तै भएको छ चितवनको भरतपुर महानगरको निर्वाचनमा ।

सो महानगरमा नेकपा (एमाले) को तर्फबाट उम्मेद्वार भएका देवी ज्ञावली र नेपाली काँग्रेस र माओवादी केन्द्रको संयुक्त उम्मेद्वारी दिएका थिए । यसरी निर्वाचनमा भएकी माओवादी अध्यक्ष समेत रहेको पुष्प कमल दाहाल प्रचण्डको छोरी अर्थात रेणु दाहाल जो नेपाली काँग्रेसको साहारामा मेयर पदको कुर्सीमा बसीन् ।

तर रेणु मेयर पदको कुर्सीमा चढ्नको लागि उनको संघर्ष पनि कम छैन, भरतपुर महानगरको निर्वाचनको कार्यक्रम राम्रो ढंगले सम्पन्न भए पनि माओवादीका कार्यकर्ता र प्रतिनिधिले नै एमालेको पक्षमा बढि मत आएको कारण नै जनताले आफ्ना प्रतिनिधि छान्नको लागि दिएको मत मध्ये ९० वटा मत नै च्याति दिए ।

अनि उल्टै एमालेका कार्यकर्ताले च्यातेको भन्दै माओवादी र काँग्रेसका कार्यकर्ताले चर्काे रुपमा विरोध नै गरे । तर विडम्बना नेपाल प्रहरीबाट खटिएको टोलीले माओवादीका कार्यकर्तालाई पक्राउ गरेको थियो । त्यति बेला भने मेयर पदको प्रत्यासीको रुपमा रहेकी प्रचण्ड पुत्रीलाई ठूलै झड्का समेत लागेको थियो ।

      प्रचण्ड पुत्री समेत रहेकी मेयर पदकी प्रत्यासी रेणुले आफ्नो सामाजिक सञ्जालमा नै एमालेका कार्यकर्ताले जनताको मनको उम्मेद्वारले दिएको मतपत्र च्यातेको भन्दै पुन मतदानको माग गरेका थिए तर त्यति बेला मतपत्र च्यातेको आरोपमा पक्राउ परेको माओवादीको केन्द्रका कार्यकर्ता नै थिए ।

यसरी च्यातिएको मतपत्र भरतपुर महानगर १९ को मत थियो । सो वडामा पुन:  मतदानको माग गरेको भन्दै नेकपा (एमाले) को नेताहरुले विरोध गरे पछि निर्वाचन आयोगले समेत सो वडामा पुन: मतदान गर्न निर्देशन समेत दिएको थियो तर आयोगको यस्तो निर्णयबाट असन्तुष्ट भएर एमालेका नेताहरुले सर्वाेच्च अदालतमा मुद्धा समेत दायर गरे तर सर्वाेच्च विभिन्न बहानामा सो मुद्धाको निर्णय करिब २ महिना पछि गरेर पुन:  मतदानको आदेश दियो ।

यसरी सर्वाेच्चले दिएको आदेश एमालेले समेत शिरोपरी गरी सो वडामा पुनः मतदान भयो र मतदानको पुरा मत परिणाम आइ सक्दा गठबन्धनको तर्फबाट उम्मेद्वार रहेकी प्रचण्ड पुत्री रेणु दाहाल विजयी भइन् ।

यसरी माओवादी केन्द्रकी उम्मेद्वार रेणु विजयी हुँदा एमालेका नेता तथा कार्यकर्ताहरुले माओवादीले केहि गरी निर्वाचन हार्ने स्थीति आएमा मत पत्र च्यात्ने, हुलदंगा गर्ने नियत भएको पार्टीको रुपमा चिनिन थालेको छ ।

केहि नेताहरुले माओवादीका उम्मेद्वारले जनमतको कदर गर्न नसक्ने र यहि कारणले कम मत आएको क्षेत्रमा जसरी भए पनि जित्नु पर्दछ भन्ने कुनियत राख्ने गरेको कारण २०७० सालको सिराह घटनासंग समेत तुलना गरेका छन् ।

२०७० मा भएको सिराहको निर्वाचनमा तत्कालीन नेकपा माओवादीका अध्यक्ष समेत रहेको प्रचण्डले सिराहमा ठूलै मतान्तरले हार्न आटेको बेला १० घण्टा सम्म मतगणना स्थगित गरी जवरजस्ती ढंगले लिलानाथ श्रेष्ठलाई हराउँदै प्रचण्डलाई विजयी घोषणा गरिएको थियो, त्यही घटना दोहोर्उदै भरतपुर महानगरमा माओवादी अध्यक्ष प्रचण्डकी छोरीलाई विजयी गराएका हुन् ।

हो म मान्छु भरतपुर महानगरमा मतको आधारमा माओवादी र नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वार बनेकी महिला नेतृ भनेर चिनिने रेणु दाहाल भएकै हुन् तर जनताको मनको मतको आधारमा हेर्ने हो भने उनको नैतिक उचाई पतन भएर उनकै पैतालामा विलाइ सकेको छ । किनकी उनले जित्नुको पछाडी संसदको पहिलो दलको रुपमा रहेको नेपाली काँग्रेको ठूलै हात रहेको छ भने प्रचण्डले आफु नेतृत्वको सरकारमा रहेको बेला बाँडैको आर्थिक सहयोग सबै चितवन केन्द्रित भएको देखिन्छ ।

यदि राजनीति नै गर्ने हो भने सिद्धान्तको राजनीति हुनु पर्दछ । मलाई राजनिति त खासै थाहा छैन तर जति थाहा छ, त्यो सबै तिर कार्यान्वय हुनु पर्दछ भन्ने सुनेको छु । यदि नेपाली काँग्रेसका सबै नेताहरु निर्वाचनको केहि दिन अघि देखि चितवन केन्द्रित नभएको भए र जनताको मनले दिएको मत नै मान्य हुने र मतदाता कसैको दवावमा नहुने हो भने सायद रेणुको जित कुनै पनि कोणबाट सम्भव थिएन ।

सबैतिर चर्चामा रहेको निर्वाचनको अघिल्लो दिन रेणुको त्यो १९ करोड रुपैँयाले पनि  जितमा टेवा पुगेको छ भने काँग्रेसका कार्यकर्तालाई जवरजस्ती भोट हाल्न लगाउनु पनि प्रमुख तत्व नै हो ।

हो रेणु दाहाल मतको प्रतिनिधि बनिन् तर नेपाली काँग्रेसमा यस्ता धेरै मानिस भेटीए जसले नेताको धम्कीमा जवरजस्ती भोट हाल्न लगाएको कारण भोट हालेर बाहिर निस्कीए पछि आफैँलाई धिक्कार्ने समेत धेरै भेटिए । जसबाट पनि प्रष्ट हुन्छ कि मनको प्रतिनिधि र मतको प्रतिनिधिको बिचमा भएको भिन्नता ।

लोकतन्त्रको उपहास भएको भए पनि मतको आधारमा रेणुकै जित भएको छ जुन स्वीकार गर्नु पर्ने भएको छ तर जस्तो सुकै तरिकाले जति नै समय लगाएर विजयी भए पनि काम गर्ने सोही क्षेत्रमा हो,  तिमिले जति कठिन तरिकाले यो निर्वाचन जित्यौँ त्यो भन्दो लाखाै गुणा तिमिलाई काम गर्न गाह्रो हुनेछ ।

तिमिले मतको आधारमा जितेकी छौँ, त्यसका लागि मेरो शुभकामना तर तिमिले अबको कामको पहिलो सुचीमा आफ्नो नैतिक अवस्था सुधार गर्ने कार्ययोजना तयार गर ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

कोषकी नवनियुक्त निर्देशक पुनको नियुक्ति बदर

 माघ ८,  काठमाडौँ।  उच्च अदालत पाटनले पशुपतिक्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

बौद्धिक भ्रष्टाचारका पाटाहरू

व्यक्तिगत हित वा स्वार्थ पूर्तिका लागि सार्वजनिक ओहोदा वा पद, स्रोत वा सम्पत्तिको हानि नोक्सानी

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं