रुसी विमानमा आगो लाग्दा ४१ को मृत्यु, ३७ जनाको जीवितै उद्धार (भिडीयो)

काठमाडौं , बैशाख २३ : एक रुसी विमानमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको छ। मस्को विमानस्थलमा आकस्मिक अतवरण गर्ने क्रममा सुखोई सुपरजेट-१०० विमानमा आगलागी भएको हो।

रुसको सरकारी मिडियाका अनुसार मस्कोबाट मारमास्क जादैँ गरेको उक्त विमानमा चालक दलका ५ सदस्यसहित ७८ जना सवार थिए। 

तीमध्ये ४१ जनाको मृत्यु भएको हो। ३७ जनालाई भने जीवितै उद्धार गरिएको छ।

रुसको सरकारी विमान कम्पनी एयरोफ्लोटले प्राविधिक गडबडीका कारण विमान एयरपोर्टमा फर्कनुपरेको र अवतरणका क्रममा विमानको इञ्जिनमा आगो लागेको थियो।

दुर्घटना आइतबार भएकाे हाे।

सामाजिक सञ्जालमा आइरहेका भिडियो हेर्ने हो भने यात्रुहरुलाई विमानको आपतकालीन ढोकाबाट निकालिँदै थियो।

भिडियोमा, अवतरण गर्ने क्रममा विमानबाट कालो धुवाँ आइरहेको देख्न सकिन्छ। यस्तै अर्को भिडियोमा विमान अवतरण गर्ने क्रममा उफ्रिएको देख्न सकिन्छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पीडित परिवारप्रति समावेदना व्यक्त गरेका छन्।

  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण

लुम्बिनीको तथ्य र सत्यको  विषयमा विश्वको ध्यान पुग्नु जरुरी: ओली

 २०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल