August 5, 2018

रुसले हजारौँ उत्तर कोरियाली कामदार भित्र्याएकामा अमेरिकाको आक्रोश

 

 श्रावण २०

रुसले हजारौँ उत्तर कोरियाली कामदार भित्र्याएकामा अमेरिकाको आक्रोश

एजेन्सी । रुसले हजारौँका सङ्ख्यामा उत्तर कोरियाली कामदारहरु भित्र्याइरहेको खुलासा भएको छ । यसरी रुसले संयुक्त राष्ट्र संघको नियम उल्लंघन गर्दै कामदारहरुलाई नयाँ काम दिइरहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । १० हजार भन्दा बढी उत्तर कोरियालीहरुले सेप्टेम्बरदेखि नै काम सुरु गर्ने निवेदन तयार भइसकेको रुसको आन्तरिक मन्त्रालयले बताएको हो ।

उत्तर कोरियाको आणविक हतियार कार्यक्रममा बाधा पुर्याउन आर्थिक दबाब दिने उद्देश्यले संयुक्त राष्ट्र संघले सबै देशबाट उत्तर कोरियाली कामदारहरुलाई फिर्ता पठाउन आदेश दिएको थियो । तर श्रम मन्त्रालयबाट प्राप्त जर्नलमा भने  यस वर्ष मात्र कम्तीमा पनि ७०० कामदारहरुले श्रम स्वीकृति पाइसकेको फेला परेको छ । 

उता रुसको विदेश मन्त्रालयले अहिले यसबारे कुनै प्रतिक्रिया नदिने बताएको छ । यस विषयमा आक्रामक प्रतिक्रिया दिँदै अमेरिकी प्रशासनका प्रवक्ताले भनेका छन्, ‘रुसले अमेरिकासँगको कूटनीतिक सम्बन्ध जारी राख्न हामीसँग सहकार्य गर्नै पर्ने हुन्छ र यो पहिले नै स्पष्ट पारिएको थियो । तर यसरी हामी विरुद्ध काम गरेर रुसले विश्वका लागि थप खतरा निम्त्यिाइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण

लुम्बिनीको तथ्य र सत्यको  विषयमा विश्वको ध्यान पुग्नु जरुरी: ओली

 २०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल