२२ असोज, एजेन्सी : विपक्षि नेता नभाल्नीलाई सन दुई हजार अठारको राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न दिनुपर्ने माग सहित रुसमा भएको प्रदर्शनमा दुई सयभन्दा बढि पक्राउ परेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ६५औं जन्मदिनका दिनका क्रममा विपक्षिले गरेको सरकार विरोधी प्रदशर्नमा दर्जनौ पक्राउ परेका हुन ।
सेन्ट पीटर्सबर्गमा भएको विरोध प्रदर्शनमा प्रहरीसँग झडप समेत भएको छ । राजधानी मस्को र सेन्ट पीटर्सबर्ग लगायत धेरै ठाउँमा अनुमति नलिइ विपक्षीहरुले -याली निकालेका थिए । विपक्षी नेता नभाल्नी भने सार्वजनिक बैठकहरु आयोजना गर्दा मान्नुपर्ने नियम पटक पटक उल्लंघन गरेको आरोपमा बीस दिने जेल सजाय काटिरहेका छन् ।
रुसका निर्वाचन अधिकारीहरुले नभाल्नीको अर्को निलम्बित जेल सजायका कारण उनी मार्च महिनामा हुने निर्वाचनमा उम्मेदवार बन्न नपाउने बताउदै आएका छन् । पछिल्ला महिनाहरुमा नभाल्नीले रुसभर यात्रा गरेर चुनावी अभियान चलाउँदै आएका छन् । नभाल्नीले शनिबार पुटिनको गृह नगर सेन्ट पीटर्सबर्गमा हुने -यालीलाई संबोधन गर्ने कार्यक्रम थियो ।
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने
कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,
बेइजिङ, असोज ८ गते । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण