रुसमाथि नाकाबन्दी गर्ने कानून अमेरिकी संसदद्वारा पारित, रुसको यस्तो प्रतिक्रिया

trump-and-putin-33781611

१२ साउन, मस्को । रुसमाथि नाकाबन्दी गर्ने सम्बन्धमा अमेरिकी संसद्ले मङ्गलबार पास गरेको कानुन रुस र अमेरिकाबीचको सम्बन्ध बिगार्ने एउटा गम्भीर कदम भएको रुसले जनाएको छ ।अमेरिकी प्रतिनिधिसभाले रुससहित इरान र उत्तर कोरियामाथि पनि नाकाबन्दी लगाउने प्रस्तावमा प्रचण्ड बहुमतले सहमति जनाएको थियो । यो नाकाबन्दीको कानुनले रुससँग अमेरिकाको सम्बन्ध थप असहज बनाउने रुसको धारणा आएको हो ।

रुसी उपविदेशमन्त्री सेर्गेइ -याबकोभले रुसी समाचार समिति इतार तासलाई बुधबार दिनुभएको अन्तरवार्तामा भने, ‘यो कानुनले रुससँगको सम्बन्धलाई राम्रो बनाउने होइन कि थप बिगार्नलाई ठूलो सहयोग पु-याउने छ ।’यी देशमाथि केही विषय र क्षेत्रमा नाकाबन्दी लगाउने विषयमा मङ्गलबार अमेरिकी प्रतिनिधिसभामा मतदान भएको थियो । सो मतदानमा ४१९ जनाले पक्षमा र तीन जना मात्रले विपक्षमा मतदान गरेका थिए ।

यो पछिल्लो कानुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अधिकार कटौतीका लागि लक्ष्य गरेर आएको छ । यस विषयमा गएको दुई हप्तादेखि अमेरिकी संसद्मा व्यापक मात्रामा बहस जारी थियो ।उत्तर कोरिया र इरानका लागि गरिएको यो नयाँ नाकाबन्दी खासगरी पछिल्लो समयमा उत्तर कोरियाले जारी राखेको आणविक परीक्षणको विरुद्धमा गरिएको छ ।

साथै रुसका लागि लक्षित नाकाबन्दी उनले रुसका पक्षमा गर्नसक्ने कुनै पनि निर्णयको अधिकार कटौतीका लागि ल्याइएको हो । यो विधेयक पारित भएमा उनको अधिकारमाथि काँग्रेसको अङ्कुश कायमै रहने छ ।मतदानको प्रक्रियासम्म रिपब्लिकन र डेमोक्र्याटको सहमतिको आधार यो कानुन बनेको थियो । अब यसलाई अन्तिम रुप दिनका लागि सिनेटमा पठाउनु जरुरी छ ।राष्ट्रपति ट्रम्पले आफू पनि सो विधेयकको पक्षमा रहने प्रारम्भिक प्रतिक्रिया दिएको भए पनि वास्तविकतामा त्यो नहुन पनि सक्ने अनुमान गरिएको छ ।

रुसमाथि कडा खालको नाकाबन्दी लगाउने विषयमा अमेरिकी सिनेट र प्रतिनिधिसभामा व्यापक मात्रामा विवाद रही आएको थियो ।सो मतदानमा प्रस्तावको पक्षमा यति धेरै मत प्रकट भएकोले अब सिनेटबाट सिधै पारित गर्ने कि के गर्ने भन्ने बारेमा राष्ट्रपति ट्रम्पलाई अप्ठेरो अवस्था रहेको विश्लेषकहरुको भनाइ छ ।उनीहरुले राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गर्न पनि सक्ने अधिकार दिइएको भए पनि प्रतिनिधिसभामा यतिधेरै सहमतिको अवस्था देखिएकोले उनलाई आफ्नै पार्टी रिपब्लिकनका तर्फबाट पनि समर्थन प्राप्त नहुन पनि सक्ने खतरा रहेको बताएका छन् ।मङ्गलबार मात्र पारित भएको यस कानुनका बारेमा उत्तर कोरिया र इरानले भने कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । रासस/एएफपी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

देशका दक्ष जनशक्ति विदेश पलायन हुदैँ, सरकार राहदानी वांड्दै

पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै

एमाले दधिकोटको घरदैलो सम्पन्न,बालेनको लौरो किरण थापालाई हस्तान्तरण(फोटोफिचर)

२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का

बृहत कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सप्पन्न

५ असोज,भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत