रियल मड्रिड जानेबारे नेयमारले दिए यस्तो प्रतिक्रिया

पिएसजी तथा ब्राजिलका स्टार खेलाडी नेयमारले रियल मड्रिड जाने खबर हल्लामात्रै भएको बताएका छन् । उनले भनेका छन्, ‘म यस सिजन पिएसजीमै हुनेछु । रियल जाने कुरा हल्लामात्र हो ।’

neymarbra

क्रिस्टियानो रोनाल्डोले रियल छोडेपछि उनलाई महत्वपुर्ण विकल्पको रुपमा हेरिएको थियो । तर, उनले पनि रियल नजाने मनस्थिति बनाएका छन् । रियल भने रोनाल्डोको विकल्पमा स्टार खेलाडी अनुबन्ध गर्ने तयारीमा रहेको छ ।

धेरैलाई लागेको थियो नेयमार यस सिजन ला लिगा फर्किनेछन् । तर, उनले पिएसजीमा बस्ने निर्णय गरेपछि रियल अरु नै विकल्प खोज्ने भएको छ ।

नेयमारले भनेका छन्, ‘पिएसजीमा म उदेश्यका साथ आएको हुँ । पहिलो सिजन सफल रहेकोमा हामी खुसी छौ । यसै क्लबमा रहेर धेरै गोलहरु गर्न बाँकी नै छ भने उपाधिहरु पनि जित्नु छ ।’

उनले थप्दै भने, ‘म आफ्नो विचारबाट कत्ति पनि विमुख छैन । म पिएसजीमा रहनेछु ।’

उनले काइलियन एमबाप्पेको तारिफ गर्दै उनलाई बधाइ समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

कोषकी नवनियुक्त निर्देशक पुनको नियुक्ति बदर

 माघ ८,  काठमाडौँ।  उच्च अदालत पाटनले पशुपतिक्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि