‘चुनाव हारेर म मरेकी होइन। आजसम्म मलाई जसले जस्तो व्यवहार गरे पनि कसैलाई नभनी सहेरै बसेकी थिएँ। बाँच्ने रहर थियो तर इज्जतै नरहेपछि बाँच्ने रहर मर्दो रहेछ। बाबा, आमा, दाइ, दिदी, भाउजू र साथीहरू, मलाई माफ गरिदिनू।
तपाईंहरूबाट धेरै टाढा जाँदैछु’ भन्ने आशयको पत्र लेखेर १९ वर्षीया रिमा क्षत्री बिहीबार बिहान आफ्नै घरको बार्दलीमा मृत अवस्थामा भेटिइन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। बिहान ८ बजे टिनको छानो भएको घरको बार्दलीमा सलको पासो लगाएको अवस्थामा उनलाई भेटिएको प्रहरीले जनाएको छ। स्वतन्त्र विद्यार्थी युनियनको बुधबार भएको निर्वाचनमा सिद्धार्थ बहुमुखी क्याम्पसबाट नेपाल विद्यार्थी संघका तर्फबाट अध्यक्ष पदकी उम्मेदवारसमेत हुन् उनी।
आमा अर्धचेत छिन्। बाबु पनि २ पटकसम्म बेहोस भएर लडे। स्याङ्जाको फेदीखोला गाविस ९ स्थित डाँडागाउँकी क्षत्री फेदीखोलास्थित सिद्धार्थ बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययरत थिइन्। अत्यन्त सुन्दर, बोलीमा मिठास, पढाइमा जेहेनदार छात्रा थिइन् उनी।
विद्यालय, क्याम्पस होस् वा घरपरिवार पनि उनी अत्यन्त मिलनसार र सहयोगी भएको बताउँछिन् स्थानीय रेखा थापा। फेदीखोलाबाटै एसएलसीपछि स्नातकसम्म अध्ययन गरेकी हुन् उनले। बिहीबार बिहान बाबु, आमा र छोरीले सँगै चिया पिएका थिए। त्यसपछि बाबुआमा धान कुटाउन र मकै पिसाउन गाउँको मिलतर्फ लागे। आमाले रिमालाई सँगै मिल जान आग्रह गर्दा शरीरभरि अबिरैअबिर छ। म नुहाइधुवाइ गर्छु।
हजुरहरू जानुस् भनेर पठाएपछि घटना भएको हुनसक्ने प्रहरी निरीक्षक सुनीलकुमार प्रधानले बताए। धेरै समयसम्म रिमालाई नदेखेपछि भाउजूले खोजी गर्दै कोठामा जान लाग्दा बार्दलीमा सलको पासोमा झुन्डिएको अवस्थामा उनी भेटिएकी हुन्। जिल्ला अस्पतालमा पोस्टमार्टमपछि पोखरास्थित रामघाटमा बिहीबार साँझ उनको अन्त्येष्टि गरिएको छ। बहिनीलाई यो अवस्थामा पुर्याउन बाध्य पार्ने व्यक्ति खोजी गरी कारबाही गर्न अनुरोध गर्दै उनका दाजुले बिहीबार प्रहरीमा जाहेरी दिएका छन्।
उनका एक दिदी, ३ दाजु र भाउजूहरू छन्। सबैकी प्रिय रिमाको मृत्युको खबरले परिवार र गाउँ नै शोकाकुल छ।मृत्यु किन र के कारणले हुन पुगेको हो भन्ने अनुसन्धानपछि थाहा हुने र अनुसन्धान सुरु गरिसकिएको प्रहरी उपरीक्षक देवबहादुर बोगटीले बताए।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।