राष्ट्रिय योग सन्जालको घोषणा गर्दै छैटौ अन्तराष्ट्रिय योग दिवस सम्पन्न

received_303008504174695
भक्तपुर,नबराज काफ्ले,२०७७ असार १२ ः छैठौ अन्तराष्ट्रिय योग दिवस साप्ताहिक कार्यक्रम समापनको पूर्व सन्ध्यामा योग ध्यान सँग सम्बन्धित नेपालमा रहेर काम गरिरहेका यौगिक संघ संस्थाहरु,स्वतन्त्र तवरले योग अध्यात्मालाई लाग्ने विज्ञ व्यक्तित्वहरु लगायत यस सँग सम्बन्धित सबै पक्षलाई समेटेर एउटा साझा सन्जाल निर्माण गर्ने ध्येयका साथ स्वनाम साथीको संयोजकत्वमा २५ सदस्यीय संयोजक समिति घोषणा गरिएको छ ।
समितिका अन्य सदस्यहरुमा ,डा क्षितिज बराकोटी,डा सुवास घिमिरे,डा राजु अधिकारी,डा जनक बस्नेत,वेदराज ज्ञावली,बालमुकुन्द सुवाल,नारायण गौतम,नबराज काफ्ले,माणिकलाल बज्राचार्य,काशीनाथ न्यौपाने,मिनराज अधिकारी,अर्जुन रखाल मगर,स्वामी ईश्वरचन्द्र विद्या सागर श्रेष्ठ,,किशोर दाहाल,रामचन्द्र अधिकारी,योगाचार्य सरिता खरेल,अजित तामाङ्ग,ग्रोविन तौजले,शुसिल अग्रवाल,स्वामी आनन्द अरत,सुरेश श्रेष्ठ,कुमार खडका,योगी सोमराज,शिव प्रसाद बस्याल रहेका छन ।
यस समितिलाई आवाश्यकतानुसार परिमार्जित गर्न सकिने बारेमा उल्लेख गर्दै संयोजक स्वनाम साथीले देशव्यापीरुपमा छरिएका योग,ध्यान सँग सम्बन्धित सम्पुर्ण संघ सस्थाहरु हरुलाई एउटै छातामूनि गोलबद्ध गरि अगाडि बढ्नुको विकल्प नरहेको विषयमा आफ्नो स्पष्ट धारणा राखेका छन ।
साप्ताहिक योग दिवस समापन समारोहमा नेपाल सरकारका पूर्व प्रधानमन्त्री झलनाथ खनालले योगको उत्पति नेपालबाट भएको विषयमा आफ्नो धारणा राख्नु हुँदै शिव,कपिल,जनक, बुद्ध जन्मेको भूमिमा उहाँहरुले सिकाएर जानु भएका योग परम्परा सँस्कृतलाई जीवन्त राख्न यसको अन्वषेण,अनुसन्धान गरि यसकोे व्यापक विश्लेषण तथा संश्लेषण हुनु पर्ने आवाश्यकता औल्याएका छन ।
नेपाल सरकारका पूर्व प्रधानमन्त्री बाबुराम भट्टाराईले ४५ वर्षदेखि निरन्तर गर्दै आएको योग ध्यानले आफूलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न मद्धत पुगेको विषयलाई प्रस्तुत गर्दै यस बारे थप खोज अनुसन्धानको लागि अघि बढ्न सरोकारवालाहरुलाई आग्रह समेत गरेका छन ।
समापन कार्यक्रममा नेपाल सरकारका शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले कोभिड १९ को कारण प्रविधिमैत्री ढगंले योग दिवसीय कार्यक्रम सम्पन्न गर्नुभएकोमा आयोजक समितिका संयोजक स्वनाम साथी लगायत सम्पुर्ण टिमलाई धन्यवाद व्यक्त गरेका छन् । त्यसैगरि मन्त्री पोखरेलले समापन समारोहलाई सम्बोधन गर्ने क्रममा ध्यान एवं योग क्षेत्रमा लाग्नु हुने योग प्रेमी,योग जिज्ञासु,योग साधक,योग तपस्वी,योग गुरुहरु लगायतले आउने पुस्ताको लागि महत्वपूर्ण र चुनौतीपूर्ण भूमिका खेल्नु आवाश्यक रहेकोले यसको व्यवस्थापनमा सवै एक भएर नेपाली योग परम्पराका विविध पक्षहरुको अनुसन्धान,संरक्षण र विकासको लागि योजना बनाई अगाढि बढनु पर्ने धारणा व्यक्त गरेका छन ।
“स्वास्थ्यका लागि योग,घरमा योग” भन्ने छैटौ अन्तराष्ट्रिय योग दिवसीय नाराका साथ ५ दर्जन भन्दा बढी यौगिक संघ सस्थाहरु,योग क्षेत्रका विज्ञ व्यक्तित्वहरुका विभिन्न योग ध्यान सँगका विविध प्रवचन,प्रर्दशनलाई जोडेर सम्पन्न गरिएको साप्ताहिक योग दिवस कार्यक्रमलाई सफल बनाउन लाग्नुहुने सवै पक्षलाई कार्यक्रम आयोजक व्यवस्थापन सदस्य डा क्षितिज बराकोटीले हार्दिक धन्यवाद व्यक्त गरेका छन ।
समापन कार्यक्रमका विच दिवस व्यवस्थापन समिति सदस्य वेदराज ज्ञावलीद्धारा आह्वान पत्र पनि जारी गरिएको छ । आह्वान पत्रमा कोभिड १९ को कारण मानवजातिमा पर्न गएको अभूतपूर्व समस्या समाधान गर्न वर्तमान चिकित्सा पद्धति प्रभावकारी हुन नसकेको निष्कर्षका साथ योग,ध्यान,आर्यूवेद,प्राकृतिक चिकित्साको उपयोग गरि यस सम्बन्धि खोज अनुसन्धानका बारेमा वातावरण तयार पार्न सरकारी निकायलाई अनुरोध, योग सप्ताह समारोह सप्पन्न गर्नका लागि विद्युतिय मञ्च उपलब्ध गराई दिने त्रिविका बौद्ध अध्ययन केन्द्रीय विभाग, संस्कृत केन्द्रीय विभाग तथा योगमाण्डु लगायतका संस्था, कार्यक्रमका अतिथि, विचार प्रस्तोता, साधक, सहभागी र स्वयंसेवक तथा आयोजक समिति सम्पूर्ण व्यक्तिहरुलाई हार्दिक धन्यवाद तथा कृतज्ञता जाहेर गर्दै,आगामी दिनमा यस अभियानको निरञ्तरता, सञ्चालन र समन्वय गर्नको लागि सोनाम साथिको संयोजकत्वमा रहेको यसै आयोजक समितिलाई जिम्मा दिने प्रस्ताव लगायतका विषयहरु उल्लेख गरिएको सदस्य ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल