राष्ट्रियसभामा कांग्रेसको अवरोधकाबीच चिकित्सा शिक्षा विधेयक पेश

माघ १४,काठमाडौं : कांग्रेसको अवरोधकाबीच पारित भएको चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभामा पेश भएको छ  । कांग्रेसको अवरोधका कारण सोमबारै दुईपटक बैठक स्थगित भएको थियो । तेस्रो पटक बैठक शुरू हुनेबित्तिकै कांग्रेस सांसदरूले वेल घेराउ गरेपछि सभाध्यक्षले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई चिकित्सा शिक्षा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न समय दिए ।

सभाध्यक्षले चिकित्सा शिक्षा विधेयकमाथि छलफल गर्दा अवरोध नगर्न आग्रह गरे पनि कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेका कारण नाम टिपाउन सक्ने अवस्था रहेन । त्यसपछि सभाध्यक्षले निर्णयार्थ प्रस्तुत गरे । प्रस्तावको विपक्षमा मत नपरेकाले प्रस्ताव सर्वसम्मतिले स्वीकृति भएको घोषणा सभाध्यक्षले गरे ।

अब राष्ट्रियसभाका सदस्यहरूले चिकित्सा शिक्षा विधेयकमाथि संशोधन हाल्न सक्नेछन् । राष्ट्रियसभाको अर्को बैठक माघ १७ गते बिहीबार दिउँसो २ बजेका लागि डाकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक