काठमाडौं, २१ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को परिकल्पनालाई साकार पार्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक कार्ययोजना बनाउन सरकारलाई सुझाव दिएकी छन्।
आइतबार काठमाडौंमा आयोजित वातावरण सम्मेलनमा राष्ट्रपति भण्डारीले स्वच्छ वातावरण निर्माणमा सबै नागरिकले विशेष ध्यान दिनुपर्नेमा पनि जोड दिइन्। उनले वातावरण प्रदुषण हुन नदिन र जलवायु परिवर्तनको प्रभावलाई न्यूनिकरण गर्दै लैजान तीन वटै तहका सरकारले मिलेर काम गर्नुपर्ने पनि स्पष्ट पारिन्।
राष्ट्रपति भण्डारीले वायु प्रदुषण न्यूनिकरणका लागि पेट्रोलियम पदार्थलगायतका वायु प्रदुषण गर्ने स्रोतहरुमा लगाइएको कर सदुपयोग गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराइन्।
कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण विनाशलाई रोक्न प्रभावकारी कदम चाल्ने प्रतिवद्धता व्यक्त गरे। उनले जलवायु परिवर्तनले जनजीवनमा पारेको प्रभावकारी रोक्न सरकार लागि पर्ने पनि बताए।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।