सोमबार नयाँ दिल्ली पुगेकी राष्ट्रपति भण्डारीलाई आज विहान भारतीय राष्ट्रपतिले राष्ट्रपति भवनमा औपचारिक स्वागत गरेका हुन् ।
राष्ट्रपति भवनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि उपस्थिति रहेको थियो ।
भण्डारीको स्वागतमा सलामी अर्पण गरिएको छ ।
राजकीय भ्रमणका क्रममा उनी राष्ट्रपति प्रणव मुखर्जीको अतिथिका रुपमा राष्ट्रपति भवनमा रहनेछिन् ।
राष्ट्रपति भण्डारी विहान साढे ९ बजे राजघाटस्थित माहात्मा गान्धीको समाधिस्थलमा पुगेर सम्मान प्रकट गरेकी छिन् ।
राष्ट्रपति भण्डारी मंगलबार दिनभर राजनीतिक भेटवार्तामा वस्त रहनेछिन् ।
बिहान साढे ११ बजे राष्ट्रपति भण्डारीसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।त्यस लगत्तै गृहमन्त्री राजनाथ सिंहले भेट गर्नेछन् ।
त्यसपछि अपरान्ह वित्तमन्त्री अरुण जेटलीले शिष्टाचार भेट गर्नेछन् । आज साँझै प्रधानमन्त्री नरेन्द्र मोदी तथा उपराष्ट्रपति हमिद अन्सारीले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द