राष्ट्रपतिकी छोरीको बिहेमा पूर्वराजा ज्ञानेन्द्रलाई शीतलनिवासको निम्तो

२ माघ, काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट बर्खास्त भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख लोकमानसिंह कार्की सपरिवार विदेश लागेका छन् ।

छोरा अभ्युदयमानसिंह कार्कीलाई शुक्रबार क्यानडा पठाएपछि लोकमानसिंह पत्नी सुनिता कार्कीलाई लिएर आइतबार बिहान दिल्लीतर्फ उडेका हुन् ।Lokman-Sunita-and-their-Son

आइतबार बिहान ९ बजेर ५ मीनेटमा नेपाल एयरलाइन्सको उडानबाट कार्की दम्पती दिल्लीतिर लागेका हुन् ।

कार्की परिवार दिल्लीमा स्वास्थ्योपचारका लागि केही दिन बस्ने र त्यसपछि क्यानडा जाने कार्यक्रम रहेको स्रोतले अनलाइनखबरलाई बतायो ।

कार्कीले केही महिनाअघि क्यानडा भ्रमणका क्रममा त्यहाँ छोराका नाममा घर समेत किनेको दाबी स्रोतले गरेको छ । तर, यसको पुष्टि हुन बाँकी छ ।

सुरक्षाकर्मी हेडक्वार्टर तानिए

यसैवीच लोकमानसिंह कार्कीले आफ्नो र घरको सेक्युरिटीमा प्रयोग गर्दै आएका तीन दर्जनभन्दा बढी प्रहरीहरु हेडक्वार्टरमा हाजिर भएका छन् । उनीहरुलाई अख्तियारमा समेत नराखी हेडक्वार्टर तानिएको स्रोतको भनाइ छ ।

उता पुरानो बानेश्वरमा सामसुङ कम्पनीका वितरक दीपक मल्होत्राले भाडामा लिएको लोकमानसिंहको घरमा समेत ५ जना प्रहरीलाई गार्डका रुपमा राखिएको पाइएको छ । मल्होत्राको कार्यालयलाई सुरक्षा प्रदान गरिरहेका ती प्रहरीहरु पनि हेडक्वार्टर फिर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द