February 21, 2018

राशिद खानको अल-राउण्ड प्रदर्शन, जिम्बाम्बेमाथि अफगानिस्तानको सानदार जित

लेग स्पिनर राशिद खानको अलराउण्ड प्रदर्शनले जिम्बाम्बेसँगको अन्तिम एक दिवसीय खेलमा अफगानिस्तानले सानदार जित दर्ता गर्दै सिरिज ४-१ले आफ्नो पक्षमा पारेको छ।सोमबार शारजहामा भएको अन्तिम एक दिवसीयमा अफगानिस्तानले जिम्बाम्बेलाई १४६ रनले हरायो।टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा अफगानिस्तानले ९ विकेट गुमाएर २४१ रन बनाएको थियो।

जवाफी ब्याटिङ गरेको जिम्बाम्बे अफागानी बलरसामू निरिह साबित हुँदै ३२ ओभर खेल्दै ९५ रनमा समेटियो।२४२ रनको जवाफी ब्याटिङ थालेको जिम्बाम्बेले खराब सुरूवात गर्दै ७ रनमै पिहलो विकेट गुमाएको थियो। हामिल्टन मसाकाड्ज़ा ७ रन बनाएर आउट भएका थिए। यसको केही बेरमा दोस्रो ओपनर मूसाकाण्डा शापूर झादरानको बलमा आउट भए।

दुबै ओपनर आउट भएपछि ब्रैण्डन टेलर र क्रेग इरविनले अनुभवी ब्याटिङ गर्दै ५० रनको साझेदारी गरे। तर टिमको स्कोर ७२ रन पुगेको बेला अशरफले टेलरलाई एलबीडबल्यूको धरापमा पारेपछि जिम्बाम्बे संकटमा आयो। टेलरले ३८ बलमा २७ रन बनाएर आउट भए।

तर टिमको स्कोर ७२ रन पुगेपछि जिम्बाम्बेले लगातार विकेट गुमायो। बाँकी २३ रन बनाउँदै पुरै टिम अल आउट भयो।जिम्बाम्बेलाई सस्तैमा समेट्ने क्रममा राशिद खानले कप्तान क्रीमरसहित ३ विकेट लिए। अशरफ र मोहम्मद नाबीले २-२ विकेट लिँदा मुजीबुर रहमान र शापूर जादरानले १-१ विकेट लिएका थिए।

यसअघि अफगानिस्तानका लागि जावेद अहमदी र रहमत शाहले अर्धसतकीय पारी खेल्दै शानदार शुरूआत गरेका थिए। यी दुई बाहेक राशिद खानले २९ बलमा ४३ रन बनाएपछि टिमको स्कोर सम्मानजनक पुगेको थियो।अफगानिस्तान र जिम्बाम्वेले खेलेका २ टि ट्वान्टी र ५ वानडेमा एक खेल मात्र जिम्बाम्बेले जित्यो भने बाँकी सबै खेलमा अफगानिस्तान हाबी भयो।आगामी महिना सुरू हुने सन् २०१९ को विश्वकप छनोटमा यी दुई टिम एकै समूहमा परेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति