२ चैत, काठमाडौं । सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्रलाई मूल एजेन्डा बनाएर स्थानीय तहको निर्वाचन अभियानलाई तीव्रता दिने भएको छ ।
पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापाले जनमत हिन्दू राष्ट्रको पक्षमा रहेकाले सोही एजेन्डालाई मूल नारा बनाएर स्थानीय तहको निर्वाचनको तयारीमा जुटन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।
चैत्र १० गतेबाट देशभर निर्वाचनको अभियान संचालन गर्ने तयारीमा रहेका पार्टीका नेताहरुलाई बुधबार काठमाडौंमा प्रशिक्षण दिँदै अध्यक्ष थापाले निर्वाचनमा उत्साहका साथ खटिन पनि निर्देशन दिए ।
उनले पार्टीले लिएको पछिल्ला अडान र निर्णय उत्साहजनक रहेको उल्लेख गर्दै सोही अनुसार निर्वाचन अभियानमा जुटनुपर्ने आवश्यक्ता औल्याए ।
अध्यक्ष थापाले स्थानीय स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा नरोकिनेसमेत प्रष्ट पारे । मधेसी मोर्चालाई कारण देखाएर निर्वाचनबाट पछि हट्ने अवस्था सरकार नरहेको पनि उनले बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत्र १० गतदेखि मुलुकको सबै जिल्लामा एक साथ स्थानीय तहको निर्वाचनको तयारी थाल्ने योजना बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र स्थापना गर्ने पार्टीको लक्ष्यमा जनमत रहेको विश्लेषण गर्दै आएको छ । उसले अव हुने निर्वाचनमा तेस्रो शक्ति बन्ने सुनिश्चित भएको दावी समेत गर्दै आएको छ ।
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक