April 15, 2017

राप्रपाको चुनावी अभियान के-कस्तो छ ?

काठमाडौं, बैशाख २– संसदको चौंथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले देशब्यापी चुनावी अभियान थालेको छ । अञ्चलस्तरीय चुनावी सभा तय गरेको राप्रपाले शनिवार पहिलो दिन बर्दियाको गुलरियामा सभा गर्दैछ । चुनावी सभामा भाग लिन राप्रपा अध्यक्ष कमल थापा नेपालगञ्ज पुगेका छन् ।

शनिबार गुलरियाबाट चुनावी सभा कार्यक्रम शुरु गरी राप्रपाले पूर्वको दमकमा वैशाख ९ गते सभा गर्दैछ । सबै अञ्चलमा चुनावी सभा आयोजना गरेको राप्रपाले आइतबार कैलालीमा, बैशाख ४ गते महेन्द्रनगरमा, ५ गते दाङको तुल्सीपुरमा तथा वैशाख ६ गते चितवनको नारायणघाटमा सभा आयोजना गर्दैछ ।

ओली प्रचार समितिमा

रेडियो नेपालको जागिर छाडेर राजनीतिमा लागेकी गायिका कोमल ओलीलाई राप्रपाले केन्द्रीय प्रचारप्रसार समिति सदस्य बनाएको छ ।

आसन्न स्थानीय तह निर्वाचनको प्रचार प्रभावकारी बनाउन पार्टी प्रवक्ता रोशन कार्कीको संयोजकत्वमा बनाइएको ९ सदस्यीय केन्द्रीय प्रचारप्रसार समितिमा ओली पनि अटाएकी हुन् । ओली पार्टीको एकता महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् ।

प्रचार समितिमा पार्टीका अर्का प्रवक्ता भूवन पाठक, मोहन श्रेष्ठ, किरण गिरी, प्रदीपकुमार उदय, रविन चाम्लिङ, गोपाल पौड्याल र रेशमराज पौडल सदस्य छन् ।

वैशाख ८ मा घोषणापत्र सार्वजनिक गर्ने

राप्रपाले बैशाख ८ गते पार्टीको घोषणापत्र सार्वजनिक गर्ने भएको छ । काठमाडौंमा कार्यक्रम गरी स्थानीय निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने राप्रपाले जनाएको छ ।

राप्रपाले निर्वाचन प्रचारका लागि आम सञ्चार तथा सामाजिक सञ्जालका विभिन्न १५ माध्यम र २० वटा चुनावी नारासमेत तय गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने