राति सुतेका मान्छे बिहान मृत भेटिने एउटा यस्तो कारण  

राति सुतेको बेला छेउमै घुर्ने मान्छे हुँदा कति हैरान हुन्छ भन्ने कुरा सायद सबैले भोगेका हुन्छन्। आफूले घुर्ने गरेको आफैँलाई उतिसाह्रो हेक्का नभए पनि छेउमा सुतेका अरुले त्यसबारे बताउँछन्। निद्रामा घुर्ने समस्याबाट पीडितहरु कसरी घुर्न छाड्ने होला भन्ने चिन्ताग्रस्त हुन्छन्। तर, यसलाई ठूलो समस्याका रुपमा लिँदैनन्।

 

घुर्नुका धेरै कारण हुन्छन्। त्यसमध्ये एउटा हो ‘अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोम’। सबैभन्दा डरलाग्दो कुरा, राति सकुशल सुतेका मानिस बिहान मृत अवस्थामा भेटिनुको एउटा कारण अब्स्ट्रक्टिभ स्लिप एप्निया हुन सक्छ।

विदेशमा गएका नेपालीहरु राति सकुशल सुतेर बिहान मृत अवस्थामा भेटिने गरेका घटनाहरु हामीले प्रसस्त सुनेका छौँ। यसको प्रमुख कारणमध्ये एउटा अब्स्ट्रक्टिभ स्लिप एप्निया पनि हुन सक्छ। यो रोगका कारण पनि मानिसमा घुर्ने समस्या देखिएको हुन सक्छ। जसले मानिसको स्वास्थ्यमा दीर्घकालीन रुपमा असर पार्ने मात्र होइन ज्यानै पनि लिन सक्छ।

के हो अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोम?

अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोम भन्नाले सुत्दाखेरि श्वास्प्रश्वासमा अवरोध आउने वा श्वासनली ‘कोल्याप्स’ हुने समस्या हो। जसले गर्दा शरीरका अन्य भागमा अक्सिजन जाने प्रक्रियामा अवरोध आउँछ।

अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोमका कारण हृदयघात र पक्षघात हुन सक्छ। त्यति मात्र होइन, यो समस्याले गर्दा मोटोपन भएकाहरुमा सुगर नियन्त्रण नहुने, उच्च रक्तचाप भएकाहरुको रक्तचाप नियन्त्रणमा नआउने जस्ता समस्या देखिन्छ। यो रोगले बिरामीमा ‘डिप्रेसन’ हुने, आत्तिनेजस्ता गम्भीर समस्या पनि निम्त्याउँछ।

कस्ता मानिसलाई हुन सक्छ अब्स्ट्रक्टिभ स्लिप एप्निया

मोटोपना भएकाहरुः मोटोपना भएकाहरुमा फ्यारेङ्स (घाँटीमा रहेको एक नली) को मुख साँघुरो हुँदै जान्छ र श्वासप्रश्वासमा अवरोध आउँछ।

घाँटीको लम्बाइ छोटो भएकाहरुः छोटो घाँटी भएकाहरुमा सुत्दाखेरि जिब्रो सजिलैसँग पछाडि गएर श्वासनलीलाई बन्द गरिदिन्छ र श्वासप्रश्वासमा अवरोध आउने हुन्छ।

नमिलेका दाँत र तलको चिउँडो सानो भएकाहरुः दाँत अत्यन्तै नमिलेका र तलको चिउँडो सानो भएका व्यक्तिको सुत्ताखेरि मुखको खुल्लापन बिग्रेको हुन्छ र सास फेर्न गाह्रो हुन्छ।

मुटु/किड्नीका बिरामीहरुः मुटु र किड्नीका रोगीहरुमा अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोम हुने सम्भावना उच्च हुन्छ।

धूमपान र मध्यपान गर्नेहरुः धूमपान र मध्यपान गर्नेहरुलाई पनि अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोम हुने सम्भावना हुन्छ।

अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोमका लक्षणलाई दुई प्रकारले बुझ्ने गरिन्छ।

रातिका लक्षणहरु

१. ठूलो आवाजसहित लगातार घुर्नु,

२. समय-समयमा सास रोकिएको महसुस हुनु,

३. निस्सासिनु तथा सास फेर्न जोड गर्नुपर्ने अवस्था आउनु,

४. निद्रामा छटपटिनु,

५. पटक-पटकको शौचालय जानुपर्ने अवस्था आउनु।

दिनका लक्षणहरु

१. बिहानीपख टाउको दुख्नु,

२. दिउँसो निद्रा लाग्नु,

३. एकाग्रता नहुनु,

४. झर्को लाग्नु ।

उपचार

असामान्य श्वासप्रश्वास भए/नभएको मूल्यांकन साधारण विधिबाट गर्न सकिन्छ। यसका लागि एक रातको निद्रा प्रयोगशालामा परीक्षण गर्न सकिन्छ। त्यस्तै, आफूसँगै सुतेका व्यक्तिको घुर्ने मात्र होइन केही समय शास पनि अड्किने गरेको छ भने तुरुन्तै चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ।

अब्स्ट्रक्टिभ स्लिप एप्निया भए/नभएको पत्ता लगाउन ‘एप्निया हाइपोनिया इन्डेक्स’ (एएचआई) जाँच गर्नुपर्ने हुन्छ । एक घन्टामा शासको नली कतिचोटि कोल्याप्स भयो भनेर नाप्ने विधिलाई एएचआई भनिन्छ। सामान्यतया ५ देखि १५ पटकसम्म शासनली कोल्याप्स हुनुलाई मन्द, १५ देखि ३० सम्मलाई मध्यम र ३० भन्दा बढीलाई कडा प्रकृतिको समस्याका रुपमा लिइन्छ।

असमान्य श्वासप्रश्वासको समस्याको उपचारबाट समाधान निकाल्न सकिन्छ। यसको उपचार प्रक्रिया अब्स्ट्रक्टिभ स्लिप एप्निया भएको पुष्टि भएपछि मात्र सुरु गरिन्छ। अब्स्ट्रक्टिभ स्लिप एप्निया भएको पत्ता लागेमा ‘सिप्याप’ प्रविधिको प्रयोग गर्नुपर्ने हुन्छ। सिप्याप प्रविधिले निद्राको समयमा मास्कको प्रयोग गरी मानिसको नाक मुखबाट नियमित हावा प्रवाह गर्दै माथिल्लो वायुमार्गमा हुने रोकावटलाई हटाउँछ। नियमित सिप्यापको प्रयोगले स्लिप एप्निया सिन्ड्रोम घटाउन मद्दत पुग्छ।

बच्ने उपाय

१. तौल सन्तुलनमा राख्ने,

२. धूमपान र मध्यपान नगर्ने,

३. नियमित व्यायम गर्ने (कम्तिमा ४० मिनेट, हप्तामा पाँच दिन)

४. बिहान योगा गर्ने,

५. सुत्ने कोठामा टिभि नराख्ने,

६. सुत्ने र उठ्ने एउटै तालिका बनाउने,

७. सुत्नुभन्दा तीन घन्टाअघि खाना खाने,

८. सुत्दा उत्तानो परेर नभई देब्रे र दाहिने कोल्टे परेर सुत्ने,

९. निद्रा लागे मात्र सुत्ने।

प्रस्तुतिः पारसविक्रम शाही

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी