उक्त बैठकमा एमाले नेताहरुले सप्तरी घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । साथै उनीहरुले वैशाख ३१ का लागि घोषित चुनाव सार्न वा स्थगित गर्न नपाउने बताएका छन् ।
बैठकमा एमाले उपाध्यक्ष वामदेव गौतम कडा रुपमा प्रस्तुत भएका थिए । उनले पार्टीको उक्त अभियान २७ गतेबाट नै सूचारु हुने जनाए । उनले सप्तरी घट्नाबारे काँग्रेस किन मौन भन्दै बैठकमा उपस्थित् काँग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधिलाई प्रश्न गरेका थिए । तर गौतमको प्रनमा देउवा र निधिले कुनै प्रतिक्रिया नदिएको स्रोतले बतायो ।