देश परिवर्तन र सम्वृद्घिको खातिर अहोरात्र खटिने भनिएका नेतागणहरुका पनि अफ्नो आमा वुवा छन । अरु सरह वच्चा केटाकेटि परिवार तथा आफन्तहरु छन । अरु नागरिक सरह उनिहरुको पनि भरण पोषण औषधि उपचारको जीम्मा उक्त नेतागणहरुको काँधमा आई पर्छ । गाडि घोडा मिठो मशिनो लवाई खवाई र भ्रमण आदि जस्ता सपनाहरु समेत उनिहरुको हुने गर्दछ । त्यसो हो भने नेतागणहरु आफैलाइै, आफुले भरथेग गरि पाल्नु पर्ने परिवार र आफन्तजनहरु लाई आवश्यक पर्ने आम्दानी काँहा वाट आउँछ ?
गज्जवको मज्जा त यो छ कि जसको एक रुपैंया कमाई छैन । कुनै नोकरि वा व्यापार व्यवसाय छैन समाजमा उसैको लोभ लाग्दो जीवन शैंलि छ । घर परिवार र आफन्तको शान समाजमा भरोसा लाग्दो देखिन्छ । देश विदेश भ्रमण आदि त पानि पँधेरो सरह नै हुन्छ । अनि जनताहरु सोच्दछन यस्तो कसरि सम्भव भएको होल ? उत्तर पनि लगभग सहजनै छ । कि त गरिव जनताले खाई नखाई कमएर तिरेको राजस्वको दोहन भैरहेको छ । कि त लाभको वडफाडको आधारमा उद्योग व्यापारिहरु संग चन्दा । के यसरि चल्नु यो घिन लाग्दो परम्परा होइन ? भावि पिढिलाई समेत यस्तो विकृति हस्तान्तरण गर्नु जायज हुन सक्ला ? के यो शोभनिय काम भैरहेको होला ? २१ औ शताव्दिको नागरिकले गहिरो गरि यो कुरा महशुस गरेको छैनन होला ? देश र जनता प्रति सवै भन्दा संवेदनशिल हुनु पर्ने पक्ष,रोल मोडल हुनु पर्ने पक्ष, तथा अफु उदाहरण वनेर देखाउनु पर्ने पक्ष नै यस्तो हिनामति भएपछि समाजले, नागरिकले र भावि पुस्ताले के सिक्ने के आशा गर्ने ? नेताहरु र राजनिति प्रति घृणा किन नगर्ने ?
राम्रो लगाउनु मिठो खानु कुनै पनि हालतमा पाप होइन । देश विदेश सयर गर्नु तथा परिवार र आफन्तको जीवनशैलि लोभ लाग्दो हुनु जायज नै हुन सक्छ । तर त्यस अनुशारको कमाई हुने वैधानिक व्यापार तथा व्यवसाय सवै तह र तप्काका नेतागणहरुको लागि जरुरि छ । मेरो हालत नजुक छ लौ न दुःख पाईयो आºनो कार्यकर्ता र उद्योग व्यापारिहरु संग हात थापि रहदा उक्त नेतृत्वको नैतिक मोरालिटि कसरि गिरि रहेको होल ? त्यसैले पार्टिको सव भन्दा मारिल्लो निकायमा होस या केन्द्रमा म पुर्ण कालिन हो मलाई जनताले पाल्नु पर्छ भन्ने पुरानु सस्कार पुरै निरुत्साहित हुनु पर्दछ । आºनु खुट्टामा आफै उभिएर उदाहरण वनेर देखाउन सक्नु पर्दछ । आºनै कमाईले अरुलाई समेत आवश्यक पर्दा साहायता गर्न सक्नै हैसियत राख्नु पर्दछ ।
तव पो दुनियाले सम्मान गर्दछ । तव पो रोल मोडल तव पो आदर्श पुरुष तव पो जनताको पियारो नेता । नेपाल जस्ता पुर्विय केहि मुलुकहरु वाहेक युरोप अमेरिका लगएतका राजनेताहरु राजनैतिक रुपमा देश हाँक्छन । हक्छन मात्र होईन मुलुक सम्वृद्घ वनाउँछन । समाज र देशकै अदर्श पात्र वनेर देखाउँछन । सुख सयल र मोज मस्ति पनि गर्दछन । दुखि गरिव देश र जनताहरुलाई सहयोग समेत गर्दछन तर आºनै त्यो पनि वैधानिक कमाईले । त्यस्तै एकजाना अमेरिकि राजनेता तथा अर्वपति को नाम हो माईकल व्लुमवर्ग ।
को हुन माईकल व्लुमवर्ग ?
रुसु एबम् पाल्यान्डाका आदिबसि मानिने यहुदि परिबारमा ब्लुमबर्गको जन्म बोन्टसको छिमेकि नगर बिग्रेटनमा भएको हो । उनका बुवा विलियम हेनरि ब्लुमबर्ग रुसबाट अमेरिका बसाई सरेका थिए । ब्लुमबर्ग दुई बर्षको हुदां उनीहरुको परिवार म्यासाच्युसेट्सको ब्रुकलिनमा स¥यो । म्यासाच्युसेट्समा वसेको दुई वर्ष पछि उनिहरुको परिवार फेरि मेडफोर सर्यो ।
यसरि वुवा सामान्य रियल स्टेटका एजेण्ट विलियम हेनरि र आमा सामान्य महिला चार्लोटेरोवेन्सको कोखावाट जन्मेका व्यक्ति हुन माईकल व्लुमवर्ग । उनको जन्म सन् १९४२ मा अमेरिकाको एलिजावेथ मेडिकल सेन्टरमा भएको थियो । उनको सुसान व्राउन संग सन् १९७५ मा विवहा भएको थियो । दुईवटा वच्चाहरु गेर्गिना र इमाको जन्म भैसके पछि १९९३ मा व्लुमवर्ग र सुसानको विच पार पाचुके हुन पुग्यो । त्यस पछि उनले न्युओर्क कै वैकिंङ सुपरिटेण्ट दिआना टेलर संग दोस्रो विवहा गर्न पुगे ।
व्लुमवर्गको शिक्षा :
सन् १९६६ मा हवार्ड विश्वविद्यालयवाट विजनेश एड्मिनिस्ट्रेशनमा मस्टर गरेका व्लुमवर्गले व्याचलर भने जोहन्स हप्किन्स विश्वविद्यालयवाट साइन्स एण्ड ईलेक्ट्रिकल इन्जिनियरिङ विषयमा गरेका थिए । बिजनेस बिषयमा हासिल गरेको उच्च शिक्षाले उनलाई ब्यबसायमा अगाडि बढाउन निकै मात्रामा सघायो । हार्वड विश्वविधालयमा व्यापारशास्त्र पढ्न थाले देखि नै उनको दिमागमा व्यापारका विभिन्न योजना बन्न थालेका थिए । उनी यस्ता योजना कल्पनामा मात्र सिमित राख्दैनथे , त्यसबारे शिक्षक सगँ छलफल पनि गर्थे र कार्यन्वयनमा उतार्थे ।
व्लुमवर्गको संक्षिप्त राजनितिक जीवन :
आºनो जीवनकालमा संधै चर्चामा रहेका माईकल व्लुमवर्गले व्यापार र राजनितिमा वरावर सफलता प्राप्त गर्दै गए पछि संवन्धित तथा विभिन्न क्षेत्रवाट प्रसस्त एवार्ड प्राप्त गर्न सफल भएका छन । हाल ७४ वर्ष पुगेका वलुमवर्ग राजनिति शुरुगर्दाका वर्षशरुमा डेमोक्र्याट पार्टिमा आवद्घ थिए । सन २००१ सम्म डेमोक्रयाटिक पार्टीमा सक्रिय सदस्य ब्लुमबर्ग त्यसपछि २००७ सम्म रिपब्लिकनमा आबद्ध भए । सन २००७ पछि उनि स्वतन्त्र राजनितिज्ञको हैसियतमा कार्यरत छन ।
पहिलो पटक १ जनवरि २००२ मा भएको निर्वाचनमा उनि अत्याधिक मत ल्याएर १०८ औ न्युओर्क शहरको पावरफुल मेयरको रुपमा निर्वाचित हुन पुगे ।उनि २००५ र २००९ मा पनि निर्वाचित भए भने सन २०१४ मा समेत आठसय पचपन्नौं मेयरमा निर्वाचित भए । रिपब्लिकन दलका तर्फबाट र स्वतन्त्र राजनैतिक व्यक्तिको रुपमा समेत पटक पटक मेयरमा निर्वाचित माइकललाई अमेरिकि अखवारले सन् २००८ मा त स्वतन्त्र राष्ट्रपति उम्मेद्धरका रुपमा समेत प्रचार गरिएको थियो । डेमोक्रटिक र रिपब्लिकन दुबै पार्टीसगँ आबद्ध भईसकेका व्लुमवर्गले सन् २००७ को जुनमा रिपब्लिकन दल समेत छाड्न पुगे ।
यसको प्रचार झनै तिव्र भयो । मानिसले स्वतन्त्र उम्मेद्धरका रुपमा राष्ट्रपतिको दबेदारि प्रस्तुत गर्न उनले रिपब्लिकन पर्टि छाडेको अनुमान समेत गरे । तर उनले राष्ट्रपतिमा दाबेदारि भने प्रस्तुत गरेनन् त्यसपछि उपराष्ट्रपतिको रुपमा चुनाबमा भिड्ने चर्चा चल्यो त्यसमा पनि उनले त्यति चासो देखाएनन । सेवा जनताको गर्ने तर कमाई आºनो खाने व्लुमवर्गको अरु राजनेताको भन्दा फरक अवधारणा छ र त उनि अमेरिकि नेताहरु विच विशेष प्यारा समेत छन । आर्थिक विकाशको निति र लगानिको विषयमा केन्द्रित व्लुमवर्ग च्यानलले समेत आर्थिक उन्नतिका वारेमा आम जनतालाई सु–सुचित गराउँछ ।
माईकल व्लुमवर्ग सरकारि सम्पति एवंस सुविधाको न्युन उपभोग गर्न चाहाने व्यक्ति हुन । उनि न्ययोर्क सहरको मेयर भए पनि त्यसबापत सरकारले दिने तलब समेत थाप्दैनन । उनले आफ्नो सेवाको परिश्रमिक बापत वार्षिक एक डलर मात्र सरकारि कोसबाट लिने गरेका छन । मेयरका लागि सरकारले उपलब्ध गराएको आवासमा समेत उनि अहिलेसम्म बसेका छैनन । न्युयोर्कको टेलिफोन डाइरेक्ट्ररीमा उनको नाम मेयरको रुपमा नभइ सामान्य नागरीकको रुपमा उल्लेख छ । उनि कार्यलय जादाँ अक्सर सरकारि त के निजि कार समेत प्रयोग गर्दैनन । न्युयोर्कको सार्वजनिक रेल नै उनको सवारि साधन हुने गरेको छ ।
व्लुमवर्गको कमाईको शुरुवात र सफलता :
राजनितिसंग व्यापार संगै वढाउन त सकिएला तर दुवै क्षेत्रमा सफल हुनु भने कम चुनौतिको कुरा होईन । त्यसैले संसारमा व्यापार र राजनितिमा संगसंगै सफलहुनेको संख्या अति कम छ । माइकल व्लुमवर्ग तिनै अति कम व्यक्तिको सुचीमा पर्ने व्यक्तित्व हुन । उनले विगत लामो समय देखि राजनिति र व्यापारलाई दुवै क्षेत्रमा सफल नैतृत्व प्रदान गर्दै आएका छन । जसको परिणाम उनि संसारको धनि व्यक्तिहरुको उच्चतम सुचिमा दर्ज हुन समेत सफल भएका छन । भनिन्छ परिवर्तनको पहिलो उद्घोष राजनैतिक क्षेत्रमा लागेका व्यक्तिहरुवाट नै हुनु पर्दछ । परिवर्तनको प्रक्रिया र स्थाइत्व प्रदान गर्ने काममा भने व्यवसायीहरु र उद्योग पतिहरुको ठुलो भुमिका हुन्छ ।
तर व्लुमवर्ग मात्र संसारका यस्ता व्यक्तित्वहुन जसले राजनिति र व्यापार जस्ता दुवैकाम लाई एकसाथ अगाडि वढाए त्यतिमात्र होईन आºनो काममा सफलता समेत प्राप्त गरे । अमेरिकामा पटक पटक आउने आर्थिक मन्दिमा समेत उनको सम्तिमा खासै फरक परेको देखिदैन । आºनो व्यवसायलाई खस्कन नदिन उनि हमेशा नयाँ नयाँ योजना वनाई रहन्छन ।
सामान्य तलव सुविधामा माइकल व्लुमवर्गले वाल स्ट्रिट इन्भेष्टमेण्ट वैंकमा पहिलो नोकरि गर्ने अवसर प्राप्त गरेका थिए । व्लुमवर्गको मुख्य काम जस्ले उनलाई अमेरिकि अर्वपतिको रुपमा चिनायो उक्त कम्पनि हो व्लुमवर्ग एल पि अ फाईनान्सियल सºटवयर र डाटा एण्ड मिडिया कम्पनि । न्युयोर्क सहरको यस प्रकारको विजनेशले एक सफल नेता मात्र नभएर उनलाई संसारकै औलामा गन्न मिल्ने अर्वपति व्यापारिको रुपमा समेत परिचित गरायो । योजना वनाउन समेत माहिर व्लुमवर्गको जस्तै उत्तर चढावमा पनि आर्थिक हैसियत त्यति गिरेको देखिदैन । हाल उनको ४० अर्व डलर सम्पति छ । नेपालको झण्डै ७ वर्षको वार्षिक वजेट वा ४४ खर्व वरावरको सम्पतिका मालिक हुन व्लुमवर्ग । संसारको सर्वाधिक धनिहरुको सुचिमा व्लुमवर्ग यो लेख तयार पार्दा सम्म ८औं स्थानमा छन भने संसारको ४४ औं पावरफुल व्यक्तिको रुपमा स्थापित हुन सफल भएका छन ।
ब्लुमबर्गको हाल एउटा मात्र व्याबसाय छैन । उनले वित्तिय सफ्टवेर सेवा प्रधान गर्न अर्को कम्पनि पनि सञ्चालन गरेका छन् । सो कम्पनी ब्लुमबर्ग लिमिटेडका उनि सर्वाधिक सेयर धनि हुन् । ब्लुमबर्गमा उनको ८८ प्रतिशत सेयर छ । ब्लुमबर्ग कम्पनिले अनलाइन , रेडियो टेलिभिजन् तथा अखबारमार्फत वित्तिय सुचना प्रवाह गर्छ । मन्दिले सञ्चार क्षेत्रमा खासै असर नपारेका कारण उनको सम्पत्ति घट्नुका सट्ठा अहिलो पनि बढिरहेको छ । यी दुबै कम्पनिको अबधारणा ब्लुमबर्ग आफैले तयार पारेका थिए । उनको योजनामा अगाडि बढेका यी दुई कम्पनि अमेरिकाको वित्तिय क्षेत्रमा स्थापित छन् ।
व्लुमवर्गको बढ्दो सम्पत्ति :
आठ वर्ष अघिसम्म विश्वधनीका माझ ब्लुमबर्ग खासै परिचित थिएनन् । अठ वर्ष अगाडि सन २००७ मा जब फोब्र्सले निकालेको अर्बपतिको सुचीमा उनी एक सय ४२ औँ स्थानमा परे र एकाएक चर्चामा आए । चर्चा भन्दा पनि फोब्र्सको सुचीले उनलाई दुई सयजना विश्वका धनी भित्र परेँ भनेर काममा अझ उत्साहित बनायो । जब कोहि फोब्र्सको सुुचिमा पर्छ । उसमा कसरि पहिलो हुने भन्ने चाहाना जाग्छ । ब्लुमबर्ग वर्ग पनि औसत मान्छे भन्दा फरक थिएनन् । यस्तो चाहानाले उनलाई अझै पनि पछ्उन छाडेको छैन । कसरि धेरै कमाउने भन्ने ध्याउन्नले सम्पति बढेको बढै छ । उनि निकै ध्यान पुर्वक काममा मग्न छन् । बिश्व धनिको सुचिमा पर्नु सामान्य सफलता पक्कै होइन । अझ पहिलो हुनु त निकै ठुलो चुनैति हो । यसका लागि मिहोनत जरुरी हुन्छ । ब्लुमबर्ग थाकेका छैनन् । फोव्र्सको सुचिमा परेको दुई वर्ष पुग्दा नपुग्दै सन् २००९ मा अइपुग्दा उनि १७ औं स्थानमा झर्न सफल भएका थिए भने हाल उनि ८ औं स्थानमा छन ।
पहिलो पटक ४२ औं स्थानमा परेका व्लुमवर्ग यो ८ वर्षमा ८ औं स्थानमा आई पुग्नुलाई चमत्कार मान्नु पर्छ । बिगतलाई हेरेर समय खेर फाल्नुभन्दा आगामि दिनमा अगाडि बढ्ने बाटो खोज्नु पर्ने उनको तर्क छ । क्षितित चुम्ने महत्ब काङ्क्षाका साथ अगाडि बढेका ब्लुमबर्गका पाईलाको गति झन झन बढ्दो छ । निकै टाडाको यात्रामा निस्किएको ड्राइभर जस्तै उनि पनि गन्तब्य पुग्ने हतारोमा छन । यो हतारोले उनलाई उन्नतिको क्षितिजमा कहिले पु¥याएर छाड्ने हो, अनुमान गर्न कसैले सकेका छैनन । सालेमन ब्रदर्सका साधरण साझेदारका रुपमा छिरेका थिए व्लुमवर्ग । त्यसताका सालेमन अमेरिकामा स्थापित कम्पनि थियो । त्यो कम्पनिको साधरण सेयर कारोबार प्रमुखको जिम्मेबारि उनको काधमा थियो । सन् १०८१ मा उनलाई से कम्पनि बाट हटाइयो । आकस्मिक रुपमा हटाइयएबापत एक करोड अमेरिकि डलर क्षतिपुर्ति पाए । सोहि रकमले उनले इन्नोभेटिभ मार्केट सिस्टम दर्ता गरे । त्यसको एक वर्षपछि १९८२ मा इन्नोभेटिभको साझेदारि एवं प्रयोग कर्ताको रुपमा अहिले अस्तित्वमा नभएको अमेरिकि लगानि बैँक मेरिल लिन्च प्रवेश गरे । सो समयमा मेरिल लिन्चले इन्नेभेटिभका बजार सुचना प्रवाह गर्ने प्रणालि २० ठाउँमा जडान गरेको थियो । कम्पनीमा तीन करोड डलर लगानी थियो ।
सन १९८६ मा इन्नेभेटिभको नाम हालको नाममा ब्लुमबर्ग एकपीमा परिवर्तन गरियो । सन् १९८७ सम्म आइपुग्दा ब्लुमबर्ग वित्तीय सुचना प्रवाह गर्ने केन्द्रको सख्यां पाच हजार पुगिरकेको थियो । छोटो समयमा सफल भएर सो कम्पनीका सञ्चालक ब्लुमर्गले मार्क मास्टरको उपाधि पाए । उनको मार्केटिङ कलालाई धेरैले मन पराए । कतिले त मार्केटिङ क्षेत्रमा ब्लुमबर्गको योजना थाहा पाउन प्रशस्त लगानी समेत गर्न खोजे । ब्लुमबर्ग कम्पनिले वित्तिय सेवा प्रदान गर्नका लागि ब्लुमबर्ग टे«डबुक , ब्लुमबर्ग सुचना प्रदाय सेवा र ब्लुमबर्ग न्युजवायर भन्ने वित्तीय समाचार प्रवाह सेवा सुरु ग¥यो । ब्लुमबर्गको आफ्नो रेडियो नेटवर्क छ ।
नयाँ उत्पादन र सेवाका कारण यो कम्पनी प्रतिस्पर्धामा खरो उत्रन सक्षम छ । न्युयोर्कमा मुख्यालय रहेको कम्पनी दस हजार भन्दा बढि कर्मचारि कार्यरत छन् । ब्लुमबर्गिका विश्वभर गरि २०० भन्दा वढि कार्यलयहरु छन । ब्लुमबर्गको वित्तिय सुचना प्रवाह विश्लेषण एवं मुल्यांकन गर्ने सेवा ब्लुमबर्ग प्रोफेसन तीव्र गतिमा वृद्धि भईरहेको र व्लुमवर्गको छिटोछिटो अपडेट हुने विश्वको एक मात्र सेवा हो यो ।
व्लुमवर्ग एक व्याबहारिक व्यापारि :
व्याबहारिक कुरा ब्लुमबर्गलाई सबै भन्दा बढि मन पर्छ । ब्यापारमा पनि उनि निकै ब्याबहारिक मानिन्छन । ब्यावस्थापकिय क्षमताका कारण पनि उनि बढि ब्याबहारबादि भनेर चिनिएका हुन । उनले सेयर व्यवस्थापनका लागि पहिलो पटक तथ्याङ्किय अबधारणा प्रयोग गरेका थिए । यसका लागि उनले बिशेष अनुभब एबं ज्ञान भएका मानिस नियुक्तिको लागि पुर्ण स्वयत्तता दिएका थिए । सेयरको एक सय नन्वे बर्ष पुराने मान्यतालाई चुनैति दिदैं ब्लुमबर्गले खुल्ला कार्यलय योजना लागु गरे । कर्मचारिमा उत्तर दायित्वको भावना वढेर हरेक कर्मचारि एकै पटक अनुगमनमा पुग्न सकुन भन्ने उद्देस्यले व्लुमवर्गले सो योजना लागु गरेका थिए ।
प्रारम्भमा डेमोक्र्याटिक र पछि रिपब्लिकन पर्टीमा काम गरि सकेकाले ब्लुमबर्गको राजनितिक अडानमा दुबै दलका सिदान्त मिश्रीत पाइन्छन । यसै कारण होला उनको आर्थिक कार्यक्रममा पनि मिश्रित गुणको गन्ध आउछ । गर्भ पतन र समलिङ्गि बिबाहलाई कानुनि मान्यता दिने, हतियार नियन्त्रण र आप्रवासि लाई बैधानिकता दिने जस्ता काम गरेर उनले आफुलाई सामाजिक सुधारबादि भएको पनि प्रमाणित गरे । आर्थिक बैदेसिक र घरेलु मुद्घामा भने उनि थोरै परम्पर वदि देखन्छन ।
जनसेवा तथा वातावरणीय क्षेत्रमा सरकारले खर्च बढाउनुपर्छ भन्ने मान्यता राख्ने ब्लुमबर्ग स्वतन्त्र ब्यापारका पक्षधर हुन । थोरै परम्परावादी र धेरै सुधारबादि भएकाले नै उनि आफ्नो कार्यकालमा न्युयोर्कको बजेट सन्तुलनमा राख्न सफल बने । राज्यको मामलामा पनि उनी देशको नीतिको तुलनामा सुधारबादि धारणा राख्छन । उनी मृत्युदण्ड दिने कानुनको बिरोधिमा छन । ब्लुमबर्ग भन्छन ’बरु जेलमा थुनेर कडा परिश्रम गर्न बाध्य पार्छु । तर कुनै हालतमा मुत्युदण्डको समर्थन गर्दिन ।”
शिक्षाको विकासमा उदार माईकलले शिक्षकको तलबमा १५ प्रतिशत वृद्धि गरिदिए । शिक्षाको गुणस्तर नखस्कियोस भनेर उनले ग्रेड उच्च पारे । विभिन्न सामाजिक करण देखाउदै विधार्थिलाई एक कक्षा बाट अर्को कक्षामा स्तर बढाउने प्रबिधिमा बन्देज लगाउदैं विधार्थि पुर्ण रुपमा सक्षम भएपछि मात्र कक्षा चढाउने निति लागु गरे । स्कुलमा मोबाइल प्रतिवन्ध गर्ने कानुनसमेत उनैले कडा रुपमा लागु गराएका थिए ।
माइकल व्लुमवर्ग वातावरणिय मुद्धामा पनि एक कदम अघि मानिन्छन । सहरि वातावरण जोगाउन उनले “हरियो वृहत न्युओर्क” नामक अभियान नै चलाए । घरेलु मुद्धा तथा सुरक्षामा सुधारबादि माइकलले १२ लाख आप्रवासिलाई स्थायि नागरिकता दिने निणर्य गरे । आफ्ना नागरिकको वैधता पुष्टि गर्न केन्द्रिय सरकारले लागु गरेको डिएनए प्रविधिको कट्टर समर्थक बनेका थिए माईकल ।
वित्तिय सङ्कट झेलिरहेको अमेरिकि सेयर बजार वालस्ट्रिटलाई आफ्नो आवश्यकता रहेको भन्दै उनले थप कार्यकालका लागि प्रस्ताव लगे, ब्लुमबर्गको प्रताप तत्काल २९ ÷२२ ले परित भएको थियो । मेयरको कार्यकाल सकिएपछि उनको समाज सेवामा लाग्ने योजना छ । प्रस्तावित सामाजिक संथाका लागि उनले चार करोड पचास लाखमा न्युर्कमा मुख्यालय समेत खोलिसकेका छन् ।
आफुले अध्यायन गरेको जोन्स हप्किन्स विश्वविधालयलाई उनले अहिले सम्म पचासौं करोड डलर भन्दा बढि सहयोग गरिसकेका छन । उनले यस विश्वविद्यालय सञ्चालक समितिमा सन १९९६ देखि २००० सम्म प्रतिनिधित्व समेत गरेका थिए । सन २००४ मा तेह्र करोड असि लाख डलर चन्दा दिएका थिए । सन् २००५मा उनले आफ्नो सामाजिक खर्चलाई बडाएर चौध करोड चालिस लाख पु¥याए । सन् २००६ मा यस्तो खर्च १६ करोड पुग्यो भने २००७ मा २७करोड पुगेको थियो । सन् २००७ मा उनि अमेरिकाका दानि मध्य सातौ स्थानमा आए । हाल व्लुमवर्ग सर्वाधिक दाता मध्यका एक हुन । धन हुनेसंग मन पनि हुन्छ भन्ने पनि व्लुमवर्गले उदाहरण वनेर देखाएका छन ।
सन् २००८ मा विलगेट सगँ मिलेर कयौं देशमा सुर्ति जन्य पदार्थ सेवन नियन्त्रण कायक्रमका लागि उनले ५० करोड डलर सहयोग दिए । न्युयोर्क टाइम्सले ब्लुमबर्गले अज्ञात रुपमा कार्नेगि कपरेसन लाई चन्दा उपलब्ध गराएको समेत जनाएको थियो । कार्नेगि कपरेसनले न्युयोर्कका विभिन्न सामाजिक सथांहरुलाई सहयोग उपलब्ध गराउदै आएको छ । सन् १९९६ मा माइकलले आफ्ने बुवाको नाममा हवार्ड विश्वविद्यालयमा ३० लाख डलर वरावरको विलिएम हेनरि ब्लुमबर्ग प्रफेसरसीप पुरस्कार समेत स्थापना गरिदिएका छन । आफ्नो बाबुले जिवन भर गैर नाफा मुखि कार्य गरेकाले उनको सम्मानमा पुरस्कार स्थापना गरेको उनको भनाई छ । हाल आएर उनका समाज सेवाका यस्ता सयौ उदाहरणहरु हामी पाउँछौं ।
वासु न्यौपाने
(आचार्यश्री ओशो अखण्ड)