राजकुमार ह्यारी र अभिनेत्री मार्कल आज विवाह बन्धनमा बाँधिदै

बेलायती राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलबीच आज विवाह हुँदैछ । लन्डनभन्दा झन्डै ३० किलोमिटर पश्चिम विन्डजरमा एक भब्य समारोहका बीच ह्यारी र मेगन विवाह बन्धनमा बाधिन लागेका हुन् ।

५ लाख पाउण्ड खर्च हुने अनुमान गरिएको विवाह समारोहमा ६ सय पाहुनालाई निम्तो दिईएको छ । बेलायतको सेन्ट जर्ज च्यापलमा आयोजना हुने विवाह समारोहको झलकका लागी विन्जरका सडकमा सर्वसाधारणको भिड लागेको बीबीसीले जनाएको छ ।

तेत्तीस वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कल सन् २०१६ को जुलाई महिनादेखि प्रेमसम्बन्धमा थिए ।  विवाह समारोहमा कुनै पनि राजनीतिक ब्यक्तिलाई निम्तो दिईएको छैन ।

बेलायती शाही नियम विपरितकी मेगन अफ्रिकी अमेरिकी मुलकी महिलाकी छोरी हुन् भने क्याथलिक ईसाई समेत हुन् । पहिलो विवाहबाट सम्बन्ध विच्छेद गरेकि मेगनलाई बेलायती शाही परिवारको आधुनिक बुहारी भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

 त्रिवि विमानस्थलमा विदेशबाट आउने यात्रुका लागि स्वघोषणा कक्ष सञ्चालन

साउन २८, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि मालवस्तुको स्वघोषणा कक्ष सञ्चालनमा

एक वर्षमा वैदेशिक रोजगारीमा जान ७ लाख बढी नेपालीले लिए श्रम स्वीकृति

८ वैशाख,काठमाडौं। बितेको २०७९ सालमा वैदेशिक रोजगारिमा जाने नेपालिहरुको संख्या सात लाख नाघेको छ। गत

वैदेशिक रोजगारीमा गएकाहरुलाई निशुल्क स्वास्थ्य सम्बन्धी परामर्श सेवा प्रदान गरिने

  १५चैत,काठमाडौं । वैदेशिक रोजगार बोर्डले आजबाट टेलिमेडिसिन सेवा सुरु गरेको छ। वैदेशिक रोजगारीमा गएका

मानव तस्कर गिरोहद्धारा दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार

९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको

प्रधानमन्त्री दाहालले देशकै वेइज्जत गरेकोमा प्रवासी नेपाली मञ्चद्वारा खेद व्यक्त

१६ फागुन, काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति खेद व्यक्त