August 19, 2019

राइनो होइन गैंडा, माउन्ट एभरेष्ट होइन सगरमाथा: प्रधानमन्त्री ओली

भदौ २,काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब द्रुतगतिमा आर्थिक विकास गर्ने बताएका छन्।

एसिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका महानिर्देशकहरूको ५६ औं सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। 

प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान जारी भएसँगै नेपालको राजनीतिक संघर्षको युग सकिएर आर्थिक उन्नति र विकासको युग सुरू भएको बताए।

‘अब हामी हाम्रो यात्रा आर्थिक उन्नति र विकासबाट सुरु गर्छौं। यसका लागि अन्तर्राष्ट्रिय जगतसँग पनि सहकार्य गर्छौं’, प्रधानमन्त्री ओलीले भने, ‘यो सहकार्यका लागि कतिपय अमिल्दा कानुनहरू संशोधन गर्छौं।’

प्रधानमन्त्री ओलीले नेपाल भौगोलिक रूपमा मात्र नभइ विविध क्षेत्रमा विविधता भएको देश भएकोले यहाँ द्रुत विकासको सम्भावना रहेको बताए।

विश्वकै आकर्षक मध्येको एकसिंगे गैंडा नेपालमा मात्र पाइने प्रधानमन्त्री ओलीले स्मरण गराए।

‘हामीसँग यस्ता प्राकृतिक उपहार छन्, त्यसैले हामी विश्वकै सुन्दर छौं, हामीसँग सगरमाथा छ जुन संसारमै एकमात्र हो त्यस्तै हामीसँग गैंडाजस्ता जीवजन्तु पनि छन्,’ उनले सम्बोधनको क्रममा भने, ‘तर संसारमा हामीसँगमात्र भएका चिजको नामाकरण हाम्रै पहिला हुने होला। त्यसैले राइनो होइन गैडा हो, माउन्ट एभरेष्ट होइन सगरमाथा हो। यही नामबाट चिन्न हामी आग्रह गर्छौं।’

नेपाललाई विश्व मै सुन्दर देश भनिने गरको तर यसले मात्र नेपालको परिचय अपुरो हुने प्रधानमन्त्री ओलीको भनाइ छ।

‘नेपाल सुन्दर मात्र होइन,प्राकृतिक स्रोतले पनि भरिपूर्ण देश हो’ प्रधानमन्त्री ओलीले भने, ‘यिनै स्रोतको उपयोग गरेर नेपालको विकासलाई तीव्र गतिमा अघि बढाउनु पर्दछ।’

 प्राकृतिक सम्पदा,हिमाल र जंगली जनावर हेर्न वर्षेनी लाखौं पर्यटन आउने भएकोले नेपालको ‘कनेक्टिभिटी’ विश्वभरि हुनु पर्ने प्रधानमन्त्री ओलीको धारणा छ।

‘हामी नेपाललाई सुरक्षित गन्तव्यका रूपमा पहिचान गराउन चाहन्छौं। यसका लागि हाम्रो नीति र प्रयासहरु केन्द्रित हुनेछन्’, प्रधानमन्त्री ओलीले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक