साउन ३१, चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि काठमाडौँबाट प्रहरिले पक्राउ गरेका रवि लामिछानेसहित तीनै जनालाई चितवन लगिएको छ ।
पक्राउ परेर चितवन ल्याइएकामा टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेसहित युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता भन्ने रुकु कार्की रहेका छन् ।
पक्राउ परेका लामिछाने, कँडेल र अस्मितालाई एउटै गाडीमा शुक्रबार राति साढे एक बजे जिल्ला प्रहरी कार्यालय, चितवनमा पुर्याएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए । भरतपुर ल्याएपछि उनीहरु तीनैजनाको प्रहरीले भरतपुर अस्पतालमा स्वास्थ्य जाँच गरेको थियो ।
लामिछाने न्युज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता हुन् भने कँडेल सोही कार्यक्रममा कार्यरत थिए । उनीहरुलाई साँझ टेलिभिजनको कार्यालयबाट र कार्कीलाई काठमाडौँको कलङ्कीबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
आत्महत्या गर्नुअघि पत्रकार पुडासैनीले उनीहरुको नाम लिएर आफूलाई यो अवस्थामा पुर्याउन बाध्य बनाएको भन्दै मोबाइलमा रेकर्ड गरिएको भिडियो फेला परेको थियो ।
उक्त भिडियोका आधारमा आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।
प्रहरीले भिडियोको डिजिटल परीक्षणसमेत गरिसकेको छ । पुडासैनी साउन २० गते चितवनको नारायणगढस्थित एक होटलको कोठाभित्र मृत भेटिएका थिए ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द