October 18, 2019

रवि लामिछानेलाई उच्च अदालतको राहत आदेश

काठमाडौं। आत्म हत्या दुरुत्साहन मुद्दाका आरोपी टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई उच्च अदालतले आंशिक राहत दिएको छ। उच्च अदालत पाटनको हेटौंडा इजलासले बिहीबार सो मुद्दाको सुनुवाई गर्दै चितवन जिल्ला अदालतको आदेशमा केही सदर र केही बदर गरेको हो।

उच्च अदालतले धरौटी राख्ने आदेश सदर गरेको छ भने अन्य शर्तहरु बदर गरेको छ। आफ्नै पूर्व सहकर्मी पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा न्यूज२४ का कार्यक्रम प्रस्तोता लामिछाने र अर्का पत्रकार युवराज कँडेल आत्महत्या दुरुत्साह मुद्दामा अभियुक्त बनाइएका छन्। पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भनेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र एक युवतीका कारण आत्महत्या गरेको भनेका थिए। सोही आधारमा चितवन प्रहरीले लामिछानेलागायत तीनैजनालाई पक्राउ गरेको थियो।

प्रहरीको अनुसन्धानपछि उनीहरुमाथि आत्महत्या दुरुत्साहको आरोपमा चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। जिल्ला अदालतले लामिछानेलाई ५ लाख र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा रिहाको आदेश दिँदै विदेश जाँदा अनुमति लिनुपर्ने टेलिभिजन कार्यक्रममा पत्रकार पुडासैनी आत्महत्याबारे कार्यक्रम बनाउन नपाउने आदेश दिएको थियो।

जिल्ला अदालतको यो आदेशविरुद्ध लामिछानेले उच्च अदालत पाटनको हेटौंडा इजलासमा पुनरावेदन गरेका थिए। सोही मुद्दामा बिहीबार उच्च अदालतका न्यायाधीशद्वोय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलासले धरौटी बाहेकका अन्य शर्तहरु बदर गरेको हो। अब लामिछाने विदेश पनि जान पाउने छन् भने कार्यक्रम पनि सञ्चालन गर्न पाउने छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने