यो हो दुनियाकै एकान्तबासी परिवार

yesle-familyयो भागदौडपूर्ण जिन्दगीमा हरेक मानिस कुनै न कुनै समस्यालाई लिएर चिन्तित हुन्छ । यस्तैमा एक परिवार चाहिँ दैनिक सांसारिक जीवनलाई किनारा लगाउँदै अमेरिकी महाद्वीपको अलास्कास्थित नभिटना नदीभन्दा झण्डै ४ सय किलोमिटर टाढाको क्षेत्रमा एकान्तवासमा जाने गर्दछ । टाढा एकान्तमा बस्न पाएपछि मनमा शान्ति प्राप्त हुने विश्वासमा उक्त परिवार बिरानो ठाउँमा धाउने गरेको हो ।

उक्त परिवारमा ३ सदस्य छन् – बाबु, आमा र छोरा । बुवा नाम डेभिड एस्ले हो । आमा रोमी तथा छोरा स्काई एस्ले ।

 

यो दुनियाको सबैभन्दा एकान्तप्रेमी परिवार हो भन्दा फरक नपर्ला ।

बिदाको समयमा त छँदैछ, बिदाबाहेकमा पनि वर्षको एक–दुईपटक यो परिवार एकान्तवासमा जाने गर्दछ । उक्त ठाउँमा एश्ले परिवारका छिमेकीको रुपमा मानिस छैनन्, जंगली भालु तथा जंगली भेडा मात्र छन् । गर्मीयाममा लामखुट्टेको साम्राज्य चल्छ ।

त्यो परिवार सबैभन्दा पहिले सन् १९९९ मा उक्त क्षेत्रमा एकान्तवासमा गएको थियो । स्मरण रहोस्, ठण्डी मौसममा अलास्काको तापक्रम माइनस ६५ डिग्रीसम्म झर्दछ ।

एकान्तबासका लागि एस्ले परिवारले उक्त घनघोर एकान्त क्षेत्रमा बस्नका लागि एक घर पनि बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक भ्रष्टाचारका पाटाहरू

व्यक्तिगत हित वा स्वार्थ पूर्तिका लागि सार्वजनिक ओहोदा वा पद, स्रोत वा सम्पत्तिको हानि नोक्सानी

संक्रमणकालीन न्यायमा अक्षम्य उदासीनता

श्रावण ३१, २०८० शस्त्र द्वन्द्वका पीडितहरूको निराशा चुलिँदो छ । आफ्नो जीवनकालमै सत्य र न्यायको माग

नीतिगत भ्रष्टाचारको कानुनी जरा काट

नीतिगत निर्णयको नाउँमा निरपेक्ष उन्मुक्ति दिनुको कहीँकतै औचित्य स्थापित हुँदैन । औचित्यहीन अपवादलाई मान्यता दिने संविधानको कुनै

अघिअघि वेद, पछिपछि विज्ञान

 २०७९ फागुन १७ सन् २०२२ को नोवेल पुरस्कार क्वान्टम थ्योरी प्रमाणित गर्ने तीनजना वैज्ञानिक एलेन

आयालाल,गयालाल र छविलाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले दुई महिना पनी नबित्दै नेकपा (एमाले)

सरकार कानुन बनाएको बनाएै गर्ने, जनता ध्रुमपान सेवन गर्न नछाड्ने !

  नेपाल सरकारले पटकपटक सार्वजनिक स्थानमा ध्रुमपान निषेध गर्ने भनेको छ । सार्वजनिक स्थलमा ध्रुमपान