September 28, 2017

यु १८ टोली फर्कियो

भुटानको थिम्पुमा बुधबार सम्पन्न अठार बर्ष मुनीको साफ फुटबल प्रतियोगिता बिजेता नेपाली  खेलाडीहरु विहिबार स्वदेश फर्केका छन् । विहिबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका नेपाली खेलाडीलाई स्वागत तथा बधाई दिन अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी तथा फुटबलप्रेमी समर्थकहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । 

खेलाडीको विमानस्थलमा भव्य स्वागत गरिएको थियो । विजेता खेलाडीले पहिलो खेल भुटानसँग हार्नु नै आफूहरुको जीत भएको बताएका छन् । सोही हारबाट सिक्दै थप रणनिति बनाउन सफल भएकाले बिजय प्राप्ती गरेको क्याप्टेन अर्पण कार्कीले बताए । फुटबलमा बिजय हासिल गरेर आफूहरुले नेपाली दाजुभाई दिदीवहिनीलाई वडा दशैको अवसरमा जीतको सबै भन्दा ठूलो उपहार दिन सकेको पनि कार्कीले बताए । 

फुटबल प्रशिक्षक छिरिङ लोप्साङले पहिलो पटक कोच भएर अन्तर्राष्ट्रिय खेल खेलाउँदा प्राप्त भएको बिजयले आफूलाई सफल तथा खुसी बनाएको प्रतिक्रिया दिए । 
भुटानमा भएको खेलमा भारतलाई २–० ले हराउँदै नेपालले बिजेता टोलीमा नाम दर्ता गराएको थियो । दुबै गोल दिनेश हेन्जनले गरेका थिए । दुई वर्षअघि नेपालले घरेलु मैदानमा आयोजित १९ बर्ष मुनिको साफ फुटबलको पहिलो उपाधि जितेको थियो । त्यसपछि भने यो प्रतियोगिता १८ बर्ष मुनिको ढाँचामा खेलाउन थालिएको हो ।

प्रतियोगितामा सहभागी दक्षिण एसियाका पाँच टोलीहरु सबैले एक–अर्कासँग खेलेपछि सबै भन्दा बढी अंक प्राप्त गर्ने टोली विजेता बनेको हो । नेपाल र बंगलादेशको बराबर ९ अंक भएपछि ‘हेड टु हेड’का आधारमा नेपाल विजेता बनेको हो । समूहको खेलमा नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने