युवा संघको विवाद कायमै, छुट्टै महाधिवेशन गर्ने माधव नेपाल समूहले दियो चुनौती

५ फागुन, काठमाडौं । नेकपा एमालेसम्वद्ध युवा संघ नेपालको विवाद उत्कर्षमा पुगेको छ । माधवकुमार नेपाल पक्षले छुट्टै महाधिवेशन गर्ने घोषणा गरेको छ ।Dil-Kumari-Pant

संस्थापन पक्षले भने वैशाख ९ देखि १२ गतेसम्म हेटौंडामा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

 

संस्थापन पक्षले एकलौटी गरेको र हुकुम प्रमाङ्गीका आधारमा संगठन चलाइएको भन्दै नेपाल पक्षले एउटै मितिमा चितवनमा महाधिवेशन गर्ने घोषणा गरेको हो ।

उपाध्यक्ष दिलकुमारी पन्त, राजु गुरुङ, सचिव हस्त शाही, नरेशकुमार शाही, मञ्जु यादव र क्रान्ति बुर्लाकोटीले संयुक्त पत्रकार सम्मेलन गरेर विधान र नियमावली अनुसार चल्न संस्थापन पक्षलाई एकहप्ते अल्टिमेटम दिएका छन् ।

संविधान अनुसार भौगोलिक इकाई बनाएर सांगठनिक ढाँचा बनाउनु पर्नेमा पुरानै संरचनालाई निरन्तरता दिन खोजिएको र यसमा एमाले नेताहरु नै संलग्न रहेको उनीहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने