February 13, 2017

युवतीलाई सँगै सुत्न पठाएर रकम बार्गेनिङको धन्दा

दाङ, २ फागुन । युवती प्रयोग गरेर विभिन्न व्यक्तिसँग रकम असुल्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले युवती प्रयोग गरेर पुरुषलाई बोलाउने र पछि बन्धक बनाई पैसा असुलेको अभियोगमा दाङको फूलबारी–९ का अनिल नेपाली, रीता गुरुङ, लक्ष्मीपुर–६ का राजकुमार नेपाली र विश्व नेपालीलाई बाँकेको कोहलपुरबाट नियन्त्रणमा लिएको हो । इप्रका कोहोलपुरले २४ माघमा पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरेसप्रसाद काफ्लेका अनुसार रीताले फोन गरेर दाङको सैघा–५ खानीगाउँका घरजग्गा व्यवसायी केशरबहादुर रोकायालाई नेपालगन्जको सनराइज होटेलमा बोलाएकी थिइन् ।

२३ माघमा रोकाया र रीतासँगै बसेका थिए । २४ गते बिहान उक्त होटेलमा अनिल, राजकुमार र विश्व पुगेर रीता आफूहरूको आफन्त भएको भन्दै रोकायासँग पैसाको बार्गेनिङ गरेको प्रहरीको भनाइ छ । उनीहरूले सुरुमा २० लाख रुपैयाँ माग गरेका थिए । रोकायाले २० लाख दिन नसक्ने बताएपछि उनिहरूले गाडीमा राखेर कोहलपुर ल्याएका थिए । प्रहरीका अनुसार कोहलपुरको एक होटेलमा २० लाखबाट सुरु भएको बार्गेनिङ २ लाख ५० हजारमा टुंगिएको थियो ।

रोकायाले उनीहरूलाई १ लाख रुपैयाँ त्यहीँ दिएका र बाँकी १ लाख ५० हजार दाङ आएर दिने सहमति भएको थियो । होटलमा शंकास्पद व्यक्ति देखेर नियन्त्रणमा लिँदा घटनाको रहस्य बाहिर आएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूलाई पक्राउ गरेपछि रोकायालाई घर पठाएको छ ।

कोहलपुर प्रहरीका अनुसार सो समूह युवती प्रयोग गरेर विभिन्न व्यक्तिसँग रकम असुल्ने संगठित गिरोह हो । डीएसपी काफ्लेका अनुसार यस गिरोहका प्रमुख योजनाकार दाङकै दिलकुमार पुन हुन् । उनी हाल फरार छन् । सहासी भनेर चिनिने पुन माओवादी पूर्वलडाकुका कमान्डर भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई अपहरण तथा शरीर बन्धक ऐनअनुसार कारबाहीका लागि मुद्दा चलाइएको डीएसपी काफ्लेले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी