युरोपको गोल्डेन बुट जित्न सक्ने ५ खेलाडी !

सन् २०१८/१९ को फुटबल सिजन सुरुहुँदा सबै टोलीले आफ्नो दावेदारी प्रस्तुत गर्न थालेसँगै युरोपका स्ट्राइकरहरु आफ्नो गोल संख्या कतिहोला भन्ने आँकलन गर्न थालिसकेका छन् । कुनैपनि क्लबले उपाधि जित्नु नै एक ठूलो उपलब्धि हुन्छ तर त्यससँगै खेलाडीले गर्ने गोलको समेत धेरै चर्चा हुन्छ ।

mohamed-salah-lionel-messi-cristiano-ronaldo-gfx_1qugt5dyz179z1sagjrku4e347

धेरै पटक गोल्डेन बुटको अवार्ड लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको वर्चस्वमा रहेको छ तर पछिल्लो केहि वर्षयता भने युवा प्रतिभाले समेत यो अवार्डका लागि संघर्ष गर्न थालेका छन् । यस वर्ष गोल्डेन बुट जित्न सक्ने सम्भावना बोकेका खेलाडीको सुचिमा रहेका केहि खेलाडीहरु निम्नअनुसार छन् :

५) ह्यारी केन (टोटनह्याम)

पछिल्लो ३ सिजनमा ८४ गोल गरेका ह्यारी केन गोल्डेन बुटको प्रतिस्पर्धामा रहेका एक खेलाडी हुन् । अगष्टमा गोल नगर्ने आफ्नो अनौठो बानीका बाबजुत उनी अन्तिम ३ सिजनमा २ पटक प्रिमियर लिगको सर्वाधिक गोलकर्ता बनेका छन् । यसपटक भने उनले अगस्टमै गोलको खाता खोलिसकेका छन् । गत सिजन प्रिमियर लिगमा ३० गोल गरेपनि उत्कृष्ट लयमा रहेका मोहम्मद सलाहका कारण उनले गोल्डेन बुट भने आफ्नो नाममा दर्ता गर्न सकेका थिएनन् । उनले चोटका कारण पनि केहि खेल गुमाएका थिए । विश्वकपमा भने उनले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जिते ।

४) एडिन्सन् काभानी (पेरिस सेन्ट जर्मन)

२४५ खेलमा १७० गोल गरेका काभानी, पेरिस सेन्ट जर्मनको सफलताको यात्रामा एक स्तम्भ बनेका छन् । नेयमार र किलियन एम्बाप्पेजस्ता खेलाडीले भरिएको पेरिस सेन्ट जर्मनमा काभानीलाई गोल गर्ने अवसरको कमी हुनेछैन । विश्वकप फुटबलमा समेत राम्रो प्रदर्शन गरेका उनी पहिलो पटक युरोपियन गोल्डेन बुट जित्ने दाउमा रहने छन् ।

३) रोबर्ट लेवान्डोस्की (बायर्न म्युनिख)

bayern lewandwoski

बायर्न म्युनिखको सफलतामा स्टार बनेका लेवान्डोस्की ६ पटक जर्मन लिग बिजेता बनिसकेका छन् । गत सिजन २९ गोल गरेपनि उनका लागि त्यो उत्कृष्ट प्रदर्शन थिएन । पोलिस स्ट्राइकरको नाममा यसअघि ३ लिग गोल्डेन बुट परिसकेको छ । तर बायर्नले अन्य लिगको तुलनामा ४ खेल कम खेल्ने भएकाले त्यसको असर लेवान्डोस्कीलाई परेको छ ।

२) क्रिस्टियानो रोनाल्डो (युभेन्टस)

इटालियन टोली युभेन्ट्समा सरुवा भएका क्रिस्टियानो रोनाल्डो फेरिपनि आफ्नो वर्चस्व कायम राख्न प्रयासमा  रहने छन् । तुलनात्मक खराब प्रदर्शन गर्दै रोनाल्डोले गत सिजन मात्र २६ गोल गरेका थिए । रक्षात्मक खेलको लागि चिनिने इटालियन लिगमा रोनाल्डोले गोल गर्न भने संघर्ष गर्नु पर्ने हुन् सक्छ । डोग्लास कोस्टा र पाउलो डीबला जस्ता खेलाडी रहेकाले रोनाल्डोको काम केहि सहज बन्ने अनुमान छ ।

१) लियोनल मेसी (बार्सिलोना)

५ पटकको गोल्डेन बुट बिजेता मेस्सीलाई नयाँ आएका खेलाडीहरुले गोल प्रहार गर्न कति सहयोग गर्छन् भन्ने हेर्न बाँकी छ । बार्सिलोनाको कप्तानीको समेत जिम्मेवारी पाएका मेस्सीलाई खराब विश्वकप पछि धेरै कुरा प्रमाणित गर्नुछ । टोलीमा कौटिन्हो, मालक्म र डेम्बेले जस्ता खेलाडी रहेकाले मेस्सीले उनीहरुसंग कसरि खेल संचालन गर्न सक्छन् भन्ने विषय हेर्न लायक हुनेछ ।

गोल्डेन बुट हात पार्न सक्ने ५ खेलाडीसँगै केहि त्यस्ता खेलाडी समेत रहेका छन् जसले सबैलाई आश्चर्यजनक नतिजा निकाल्दै यो उपाधि जित्न सक्छन्।

माउरो इकार्डी (इन्टर मिलान) : गत सिजन सिरी ए लिगमा २९ गोल गरेका इकार्डी गोल्डेन बुट जित्न सक्ने एक सम्भाव्य बोकेका खेलाडी हुन् ।

मोहम्मद सलाह (लिभरपुल) : सलाहले लिभरपुलका लागि पछिल्लो सिजन ४४ गोल गरेका थिए जसमध्ये ३२ गोल प्रिमियर लिगमा आएको थियो ।

salah aguero

लुईस स्वारेज (बार्सिलोना) : यसअघि नै दुई पटक गोल्डेन बुट जितीसकेका स्वारेज यसपटक पुनः आफ्नो नाममा उपाधि पार्ने दाउमा हुनेछन् । गत सिजन खराब प्रदर्शन गरेपनि स्वारेजले २५ गोल गर्न भ्याएका थिए ।

सर्जियो अगुएरो (म्यानचेस्टर सिटी) : गत सिजन ग्यब्रिएल जेसस र अगुएरोले मिलेर सिटीको उपाधि दौड सहज बनाएका थिए । यसपटक अगुएरोले सिजनको सुरुआतमा ह्याट्रिक प्रहार गर्दै राम्रो लय समाएका छन् ।

चिरो इम्मोबिले (लाजियो) : गत सिजन लाजियोका लागि २९ गोल गरेका इम्मोबिलेले रोनाल्डो र लेवान्डोस्कीलाई समेत पछाडी छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति