April 13, 2018

युरिक एसिड भनेको के हो ? र यस्ता खानेकुरा खानुहुदैन

 

 
 ?
काठमाडौं, चैत ३० ।शरीरभित्र पिउरिन भन्ने प्रोटिन टुक्रिएर युरिक एसिड उत्पादन हुन्छ । सामान्यतः ३ देखि ७ मिलिग्राम/डेसिलिटरसम्मको युरिक एसिड नर्मल मानिन्छ । जब युरिक एसिडको मात्रा ७ भन्दा बढी हुन्छ, त्यसलाई युरिक एसिड बढेको भनिन्छ । यसरी युरिक एसिड बढेपछि सामान्यतः खुट्टाको बुढीऔँलाको छेउमा अचानक दुख्ने तथा सुन्निने समस्या हुन्छ । राति सुत्ने वेलामा सामान्य अवस्थामा रहेको मानिसको पनि बिहान उठ्दा नाटकीय रूपमा दुख्ने र सुन्निने भई खुट्टा टेक्न गाह्रो हुन्छ । जुनसुकै उमेर समूहका मानिसलाई पनि यस्तो समस्या हुन सक्छ । युरिक एसिडका बिरामीले खानामा विशेष ख्याल पु¥याउनुपर्छ । एजेन्सीको सहयोगमा तयार पारिएको सामग्री :

युरिक एसिडका बिरामीले विशेषगरी रेड मिटको सेवन गर्नुहुँदैन । माछा र मासुको प्रयोग पनि निकै कम मात्रामा गर्नुपर्छ ।

चना, भटमास, राज्माजस्ता गेडागुडी सकेसम्म खानुहुँदैन । टुसा उम्रेका गेडागुडी पनि प्रयोग नगर्दा राम्रो ।

अत्यधिक गुलिया फलफूल र परिकार पनि प्रयोग गर्नुहुँदैन । आँप, अंगुर र गुलियो मिठाईले युरिक एसिड बढाउन भूमिका खेल्छ ।

बजारमा उपलब्ध पेयपदार्थको पनि प्रयोग नगर्दा राम्रो हुन्छ । त्यस्ता पेयपदार्थमा चिनीको मात्रा बढी हुन्छ । जसबाट फ्रुक्टोज नमक तत्व पनि हुन्छ । जसले युरिक एसिड बढाउन सहयोग गर्छ ।

अल्कोहलिक पेयपदार्थलाई भने पूर्ण रूपमा निषेध नै गर्नुपर्छ । बियर, ह्विस्की लगायतका पेयपदार्थले भन्दा वाइनले भने कम हानि पुर्याउँछ ।

युरिक एसिडका बिरामीले दुग्धजन्य पदार्थको भने प्रयोग गर्दा हुन्छ । अमिलो कागती, भेनेगर, ग्रिन टी, कफीको पनि प्रयोग गर्दा कुनै फरक पर्दैन । किनभने, यस्ता पदार्थले युरिक एसिड घटाउन सहयोगी भूमिका खेल्छ ।

काउली, ब्रोकाउली, कुरिलो र पालुंगोमा पनि युरिक एसिडको मात्रा बढी हुन्छ । तर, यस्ता तरकारी प्रयोग नै नगर्नेचाहिँ होइन । मात्रा मिलाएर हरियो तरकारी खाँदा हानि पुर्याउँदैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि