युभेन्टस र मिलान क्वाटरफाइनलमा

पौष २९,एजेन्सी : इटालियन सिरी ‘ए’ क्लब युभेन्टस र एसी मिलान कोपा इटालिया फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । कोपा इटालिया अन्तर्गत शनिबार राति भएको प्रि–क्वाटरफाइनलमा युभेन्टसले बोलोग्नालाई २–० ले पराजित गर्दै अन्तिम आठमा स्थान स्थान पक्का गरेको हो ।

बोलोग्नाको मैदानमा भएको खेलमा युभेन्टसले खेलको नवौं मिनेटमा अग्रता बनाएको थियो । फेडरिको बर्नारडेस्चीले गोल गरे । पहिलो हाफमा १–० को अग्रता लिएको युभेन्टसले दोस्रो हाफको सुरुमै गोल गर्दै जित पक्का ग¥यो । मोइस किनले ४९औं मिनेटमा गोल गर्दै युभेन्टसलाई २–० को जित दिलाए ।

शनिबार राति नै भएको अर्काे खेलमा एसी मिलानले साम्पडोरियालाई अतिरिक्त समयमा २–० ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भयो । प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । दुवै गोल प्याट्रिक कटरोनले गरे ।

अतिरिक्त समयको १२औं र १८औं मिनेटमा प्याट्रिक कटरोनले गोल गर्दै एसी मिलानलाई क्वाटरफाइनलमा पुर्याए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति