युभेन्टसमा रोनाल्डो आएसँगै सिरि–ए पुनः चर्चामा

पोर्चुगलका कप्तान क्रिष्टियानो रोेनाल्डो गएको महिना युभेन्टसमा आवद्ध भएसँगै इटालियन लिग सिरि ए को चर्चा हुन थालेको छ । शनिबारदेखि सुरु हुन लागेको सिरि ए को उद्घाटन खेल युभेन्टस र चिइभो क्लबले खेल्दै छन् ।157000178Christino-Ronaldoरोनाल्डोले आफ्नो खेल कौशल देखाउने भनिरहँदा सिरि ए मा कुनै एक खेलाडीको जादु नचल्ने विश्लेषण खेल क्षेत्रबाट भइरहेको छ । ३३ वर्षीय रोनाल्डो पाँच पटकको वालोन डि ओर विजेता हुन् ।सामाजिक सञ्जालमा रोनाल्डोका ३१३ मिलियन फलोअर रहेका छन् । यतिबेला जति चर्चा रोनाल्डोको भइरहेको छ त्यति नै सिरि ए लिगको ।

हुन त सिरि ए सन् १९८० र ९० को दशकको विश्वका फुटबल क्लबमा शीर्ष स्थानमा थियो । जुन क्लबबाट खेल्न खेलाडीहरु लालायित हुनेगरेको इटालिका पूर्व खेलाडी तथा प्रशिक्षक फाविओ कापेल्लो बताउँछन् । उनी भन्छन्, ‘सिरि ए सन् १९८० र ९० को दशकको शीर्ष लिग थियो ।

पछि एक समय आयो जुन समय हामी आफ्नो भौतिक पूर्वाधारमा लगानी गर्न असमर्थ रह्यौं । रोनाल्डोको माध्यमबाट सिरि ए को गरिमा पुनः एक पटक विश्वलाई चिनाउन सक्नुपर्छ ।’ रोनाल्डो ११२ मिलियन युरोमा युभेन्टसमा आवद्ध भएका हुन् भने उनले वार्षिक २८ मिलियन युरो रकम तलब मार्फत पाउनेछन् । युभेन्टसका पूर्व प्रशिक्षक क्लाउडीयो रानियरीले इंग्लीस लिगका दिन अब सकिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति