युएई एकदिवसीय क्रिकेटः नेपालको उत्कृष्ठ पुनरागमन, युएई ९७ रनमा अलआउट

 

माघ १२, काठमाडौं । युएई एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले शानदार जित हासिल गरेको छ । यस अघिको पहिलो खेलमा युएईसँग पराजित नेपालले आज उत्कृष्ट प्रर्दशन गर्यो । पहिलो खेलमा नेपाललाई सहजै पराजित गरेको युएई एकदिवशीय क्रिकेट श्रृंखलाको दोश्रो खेलमा चम्कन सकेन छ ।

आजको खेलमा नेपाल बलिङ र फिल्डिङ दुवैमा उत्कृष्ट रह्यो ।

आज भएको दोश्रो खेलमा नेपालले एक सय ४५ रनको फराकिलो जित हात पारेको छ । एक सय ४३ रनको लक्ष्य पछ्याएको युएई ९७ रनमा खुम्चियो ।

नेपाललाई जिताउन सोमपाल कामी र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । सोमपालले ५ र सन्दीपले चार विकेट हात पारे । सुरुका चार ओभरमा चार विकेट लिएका सोमपालले २० औं ओभरको तेश्रो बलमा युएईको इनिङ समाप्त गरिदिए ।
सन्दीपले १५ औं ओभर बिना कुनै रन तीन विकेट हात पारे । अर्को एक विकेट सन्दीपले ९ औं ओभरमा लिए । १८ औं ओभरमा करणले रन आउट गराए ।

२ सय ४३ रनको लक्ष्य पछ्याएको युएईलाई नेपालले सुरुमै दवावमा राखेको थियो ।

रोहित पौडेल र उपकप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल जितका लागि युएईलाई २ सय ४३ रनको लक्ष्य दिएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा २ सय ४२ रन बनायो ।

नेपालका लागि रोहीत पौडेलले ५५ रन र उपकप्तान ज्ञानेन्द्र मल्लले ४४ र आरिफ शेखले २९ रनको योगदान दिए । विनोद भण्डारी र कप्तान पारस खड्काले समान २१ रन, करण केसीले १८, दिपेन्द्रसिंह ऐरीले १० र पवन सर्राफले ८ रन जोडेका थिए ।

सोमपाल कामी आजको खेलमा २ रनमै आउट हुँदा सन्दीप लामिछानेले नटआउट १४ र ललितनारायण राजवंशीले ३ रन जोडेका थिए ।

प्रतियोगितामा युएईका इमरान हाइडर र अमिर हायतले समान तीन विकेट लिए । मोहमद नाभिद, जाहोर खान, र अस्फाक अहमिदले एकरएक विकेट लिए ।

यो जितसँगै युएईविरुद्ध तीन दिवशीय श्रृंखला एक/एकको बराबरी भएको छ । अब एकदिवशीयको अन्तिम खेल सोमबार हुँदैछ । जहाँ दुवै टिम जितका लागि संघर्षरत हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति