यी हुन् विश्वकप खेल्ने सबैभन्दा पाका र कान्छा खेलाडी !

 तीव्र गतिको खेल भएका कारण फुटबलमा युवा खेलाडीहरुलाई धेरै प्राथमिकता दिने गरिन्छ । यद्यपि यसपटकको विश्वकपको लागि रुस पुगेका ३२ देशका ७३६ खेलाडीहरुमा १९ वर्षदेखि ४५ वर्षसम्मका खेलाडीहरु छन् । अस्ट्रेलियाका मिडफिल्डर डेनियल अरजानी सबैभन्दा कान्छा र इजिप्टका गोलकिपर एसाम अल हैदरी सबैभन्दा पाका खेलाडी हुन् । अल हैदरी यसपटक पहिलो पटक विश्वकप खेल्दैछन् । अहिलेसम्म सबैभन्दा बढी उमेरमा विश्वकप खेलेको रेकर्ड कोलम्बियाका गोलकिपर फरिद मोन्द्रागनको नाममा छ । उनी ४३ वर्षमा विश्वकप खेलेका थिए । हैदरीले यस वर्षको विश्वकपमा मैदानमा उत्रिँदा मोन्द्रागनको रेकर्ड तोड्नेछन् र उनी विश्वकप खेल्ने सबैभन्दा पाका खेलाडी बन्नेछन् ।

अल हैदरीले अहिलेसम्म १५८ अन्तर्राष्ट्रिय र ११ क्लवका लागि ७५४ खेल खेलेका छन् । उनको वार्षिक कमाइ नेपाली साढे ४ करोड रुपैयाँजति छ । यस वर्ष सबैभन्दा पाका खेलाडीको रुपमा खेल्न लागेका हैदरीको उमेर ४५ वर्ष ५ महिना छ । यसअघि विश्वकपका सबैभन्दा पाका खेलाडी बनेका कोलम्बियाका फरिद मोन्द्रागन अन्तिम पटक २०१४ को विश्वकप खेल्दा ४३ वर्षका थिए । क्यामरुनका रोजर मिल्ला ४२ वर्ष १ महिनामा १९९४ को विश्वकप खेलेका थिए । नर्दन आयरल्याण्डका पेट जेनिङस ४१ वर्षका १९८६ को विश्वकप खेले । इङल्याण्डका पिटर शिल्टर ४० वर्ष ९ महिनामा १९९० को विश्वकप खेलेका थिए । इटलीका डिनो जोफ ४० वर्ष ४ महिनामा १९८२ को विश्वकप खेले ।

यस वर्षको विश्वकपमा ७ जना खेलाडीको उमेर २० वर्षभन्दा कम छ । यीमध्ये अस्ट्रेलियाका मिडफिल्डर डेनियल अरजानी सबैभन्दा कान्छा हुन् । उनको उमेर १९ वर्ष ४ महिना छ । अरजानीसहित फ्रान्सका किलियन मबाप्पे, इङल्याण्डका ट्रेन्ट अलेक्जेण्डर अर्नोल्ड, मोरक्कोका अशरफ हकिमी, नाइजेरियाका फ्रान्सिसी उजोहो, पनामाका जोस लुइस रोड्रिग्वेज, सेनेगलका मउसा वाग २० वर्षभन्दा कम उमेरका छन् । अरजानीले अहिलेसम्म ५१ खेल खेलेका छन् । यीमध्ये ५० खेल क्लवको लागि र १ खेल राष्ट्रिय टिमका लागि खेलेका छन् । उनको वार्षिक कमाइ नेपाली रुपैयाँ ६० लाखजति छ । नाइजेरियाका फ्रान्सिसी उजोहो सबैभन्दा कान्छा गोलकिपर बन्दैछन् । 

विश्वकप इतिहासमा सबैभन्दा कम उमेरमा विश्वकप खेलेको रेकर्ड नर्दन आयरल्याण्डका  नर्मल ह्वाइटसाइडको नाममा छ । १९८२ मा पहिलोपटक युगोस्लाभिया विरुद्ध मैदानमा उत्रिँदा उनको उमेर मात्रै १७ वर्ष १ महिना १० दिन थियो । ह्वाइटसाइडपछि क्यामरुनका सामुएल इट्टो १७ वर्ष ३ महिना ७ दिन मा १९९८ को विश्वकप खेले । नाइजेरियाका फेनी ओपाबुमनी १७ वर्ष ३ महिना ९ दिनमा २००२ मा खेले, क्यामरुनका सोलोमन ओलेम्बे १७ वर्ष ६ महिना ३ दिनमा १९८८ मा खेले, ब्राजिलका पेले १७ वर्ष ७ महिना २३ दिनमा १९५८ को विश्वकप खेलेका थिए । 

विश्वकपका लागि रुस पुगेका टिमहरुमध्ये सबैभन्दा पाको टिक पनामाको छ । यो टिमका खेलाडीको औसत उमेर २९ वर्ष २३६ दिन छ र पनामाको टिम इतिहासमै पहिलोपटक विश्वकप खेल्दैछ । यसपछि कोस्टारिकाको टिम बुढो छ । यो टिमका अ‍ेलाढीको औसत उमेर २९ वर्ष २२० दिन छ । त्यसपछि मेक्सिको तेस्रो स्थानमा र अर्जेन्टिना चौथो स्थानमा छन् । नाइजेरिया सबैभन्दा युवा टिम छ । यो टिमका खेलाडीको औसत उमेर २५.९ वर्ष छ । कान्छोतर्फको दोस्रो स्थानमा फ्रान्स र तेस्रो स्थानमा इङल्याण्ड छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति