March 9, 2018

यी हुन् दही चोर सरकारी कर्मचारी : ६ जनाको ग्रेड घटुवा

डीडीसी स्रोतका अनुसार लैनचौरस्थित दुग्ध पदार्थ बिक्रीवितरण आयोजना, बालाजुस्थित काठमाडौं दुग्ध वितरण आयोजनासहित विराटनगर, हेटौडा, जनकपुर, बुटबल, नेपालगन्ज र धनगढी आयोजनाबाट दैनिक ठूलो मूल्यबराबरको तयारी दही चोरी हुने गरेको छ। आयोजनाका कर्मचारीले बजारमा पठाउने नाममा कम लगत देखाएर बढी प्याकेट चोरेर लैजाने गरेको तथ्य खुलेको छ ।

स्रोतका अनुसार लैंनचौरको दुग्ध पदार्थ बिक्री रण आयोजनाबाट मात्रै दैनिक रुपमा २० हजारभन्दा बढी मूल्यबराबरको दहीको प्याकेट र जार चोरी हुने गरेको छ। केही दिनअघि कर्मचारीलाई कम लगत देखाएर गाडीमा राखेर बाहिर बढी प्याकेट लगेको डीडीसीको सुरक्षा गार्ड गोपाल निरौलाले फेला पारेका थिए। डीडीसी स्रोतकाअनुसार निरौंलाले उक्त आयोजनामा काम गर्ने एक जना कर्मचारीलाई २८ लिटर दूध लुकाएर आफ्नो गाडीमा लगेको फेला पारेका थिए ।

सुरक्षा गार्ड निरौंलाले रोक्न धेरै प्रयास गरेपनि नाउ नखुलेका उक्त कर्मचारीले दही लिएर बाहिरिएका थिए। ‘कर्मचारी आफू खाने भनेर गोप्य रूपमा दैनिक दुई सयभन्दा बढी दहीको पोका र केही जार बाहिर लाने गरेका छन्’, स्रोतले भन्यो,‘बाहिर जाने यस्तो दही कर्मचारीले केही सस्तो मूल्यमा बजारमा गएर बिक्री गरी आम्दानी गर्दैआएका छन्।’ दही चोरी हुने घटनामा सञ्चालक समितिले दोषिउपर तत्काल कारबाही गर्न व्यवस्थापन पक्षलाई निर्देशन दिएको छ ।

रकम हिनामिना गर्ने ६ जनाको ग्रेड घटुवा

डीडीसीको रकम हिनामिना गर्ने ६ जना कर्मचारीको ग्रेड घटुवा गरिएको छ । डीडीसीका सञ्चालक समितिका सदस्य विशाल बास्तोलाका अनुसार २०६३ सालदेखि २०७३ सालसम्मको अवधिमा उत्पादन भएका सामग्री बिक्री गरेर रकम नबुझाउने र उत्पादन भएका सामग्री अन्यत्र बिक्री गरी रकम दाखिला नगर्ने ६ जना कर्मचारीमाथि विभागीय कारबाही बापत ग्रेड घटुवा गरिएको हो ।

दुग्ध पदार्थ बिक्रीवितरण आयोजना लैनचौरमा कार्यरत कर्मचारी प्रेम पराजुली, वेद शर्मा, सुभास राई, बृषबहादुर भुजेल, अर्जुन पन्थी र छवीलाल आलेको ग्रेड घटुवा गर्ने सञ्चालक समितिले निर्णय गरेको छ। डीडीसीले पराजुलीबाट ३४ लाख, शर्माबाट १२ लाख १७ हजार, राईबाट आठ लाख १३ हजार, भुजेलबाट तीन लाख ६३ हजार, पन्थीबाट ११ लाख र आलेबाट १७ लाख ९८ हजार रुपैयाँ असुल गर्न बाँकी छ ।

कर्मचारीले दिनभर बिक्री भएको दूध, घिउ, पनिर, मिठाई, चिजलगायतको रकम संस्थाको खातामा दाखिला नगराई आफूखुसी प्रयोग गर्दैआएका थिए। हिनामिना भएको रकम बुझाउन डीडीसीले पटक पटक ताकेता गरेपनि अटेर गरेका कारण उनीहरूलाई विभागीय कारबाही गरिएको हो । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न