February 7, 2018

यी हुन् ग्यास्ट्रिकका कारण र उपचारका घरेलु उपाय

 

काठमाडौं, माघ २४ । व्यस्त जीवनसँगै मानिसलाई समयको कमी हुन थालेको छ । जसको प्रभाव नियमित खानपान र लाइफस्टाइलमा पनि परिरहेको हुन्छ । परिणामस्वरूप स्वास्थ्यमा खराब असर पर्न जान्छ । यसैका कारणले धेरै मानिस ग्यास्ट्रिकको समस्यामा छन् ।
कतिले यस्तो समस्यालाई सुरुमा सामान्य रूपमा लिन्छन् । तर, यसले गम्भीर रूप लिँदै जाँदा कम भोक लाग्ने, छाती दुख्ने, श्वासप्रश्वासमा बाधा हुने, पेट फुल्नेजस्ता समस्या सिर्जना हुने गर्छ । यी हुन् ग्यास्ट्रिकका कारण र उपचारका घरेलु उपाय :

फास्टफुड
आजभोलि बालबालिकामा समेत ग्यास्ट्रिकको समस्या देखिन्छ । बर्गर, पिज्जा, स्यान्डविचजस्ता खाद्यपदार्थको बढी प्रयोगले बच्चाको पाचन प्रणालीमा असर पर्न जान्छ । जसकारण उसले खाना राम्रोसँग पचाउन सक्दैन ।

पाचन प्रणालीले राम्रोसँग काम नगर्दा पेटसमेत राम्रोसँग सफा हुन पाउँदैन र बिस्तारै ग्यास बढ्न थाल्छ । यदि तपाईं पनि फास्टफुडको सौखिन हुनुहुन्छ भने यस्तो बानी हटाउँदा राम्रो हुन्छ ।

मांसाहारी खाना
यदि तपाईं ग्यास्ट्रिकको समस्याले ग्रसित हुनुहुन्छ भने ननभेज प्रयोगलाई छोड्दा राम्रो हुन्छ । किनभने, मांसाहारी खाना पचाउन शरीरलाई लामो समय लाग्छ । तर, शाकाहारी खाना भने छोटो समयमा सजिलै पचाउन सक्छ । अझ रातको समयमा त ननभेज खानाबाट जतिसक्दो बच्नुपर्छ । खाइहालेमा निकै कम मात्र प्रयोग गर्नुपर्छ ।

हर्मोनमा परिवर्तन
महिलाको महिनावारी सुकेपछि र पुरुषमा ५० वर्षपछि हर्मोनमा परिवर्तन आउन थाल्छ । जसको असर पाचन प्रणालीमा पर्न पुग्छ । त्यसैले, जति उमेर बढ्दै गयो, त्यति नै सन्तुलित भोजनमा जोड दिनुपर्ने हुन्छ । यद्यपि, सन्तुलित भोजनको आवश्यकता जीवनमा सधैँ हुन्छ ।

जुन खानाले पाचन प्रणालीमा असर पारेको अनुमान गर्नुहुन्छ, त्यस्ता खानाको प्रयोगमा बन्देज लगाउनुपर्छ । सन्तुलित खानासँगै दैनिक कम्तीमा ३० मिनेट व्यायाम पनि गर्नुपर्छ । यसको सुरुवात जगिङबाट पनि गर्न सक्नुहुन्छ ।

फुड एलर्जी
कमजोर पाचन शक्ति भएका मानिसले मैदाबाट बनेको खाद्यपदार्थ खानु निकै घातक हुन्छ । ब्रेड, पिज्जाजस्ता खाद्यपदार्थले पाचन प्रक्रियामा असर पार्छ, जुन ग्यास्ट्रिकको कारण बन्छ । त्यसैले मैदाबाट बनेका खानेकुरा, जंकफुड, रेस्टुरेन्ट आइटमबाट बच्न आवश्यक हुन्छ । यस्ता खाद्यपदार्थले फुड एलर्जी पनि बनाउँछ । यसो गरेमा ग्यास्ट्रिकलाई धेरै मात्रामा नियन्त्रणमा राख्न सकिन्छ ।

एन्टिबायोटिक्स
कुनै पनि एन्टिबायोटिकको साइड इफेक्टका कारण पेटमा स्वस्थ ब्याक्टेरियाको कमी हुन जान्छ । जसले पाचन प्रक्रियालाई समेत बिगार्छ र पेटमा ग्यास बन्न सुरु हुन्छ । यदि एन्टिबायोटिक लिएपछि ग्यासको समस्या आएमा डाक्टरको सल्लाहअनुसार ग्यास्ट्रो रेजिस्टेन्ट औषधि प्रयोग गर्नु राम्रो हुन्छ ।

खाना खाने तरिका
अहिले मानिससँग निकै कम समय छ । यतिसम्म कि कतिलाई त खाना खाने फुर्सदसमेत छैन । यस्तो गतिविधिले लाइफस्टाइलमा असर पर्न जान्छ । कतिले छोटो समयमा छिटोछिटो खाने गर्छन् । छिटो खाँदा नचपाई खाने समस्या पनि हुन्छ, जुन ग्यास्ट्रिकको कारण बन्न सक्छ । त्यसैले खाना जहिले पनि राम्रोसँग चपाएर खाने बानीको विकास गर्नुपर्छ । यसो गर्दा खाना पच्न पनि सहज हुन्छ ।

ब्याक्टेरिया
पेटमा स्वस्थ र अस्वस्थ ब्याक्टेरिया हुन्छन् । यस्ता ब्याक्टेरियाको ब्यालेन्स नमिल्दा पनि ग्यास्ट्रिकको समस्या उत्पन्न हुन्छ । कुनै बिमारको साइड इफेक्टले पनि यस्तो हुन सक्छ । यसका साथै लसुन, प्याजजस्ता तरकारीलाई सही तरिकाले प्रयोग नगर्दा पनि ब्याक्टेरियाको ब्यालेन्स बिग्रन सक्छ । यदि ग्यास्ट्रिकको समस्याबाट बच्न चाहनुहन्छ भने यस्ता खाद्यपदार्थलाई सचेततापूर्वक सन्तुलित तरिकाले प्रयोग गर्न आवश्यक छ ।

डेरी प्रडक्ट
बढ्दो उमेरसँगै मानिसको पाचन शक्ति पनि कमजोर बन्दै जान्छ । जसले गर्दा दूध र दूधजन्य पदार्थ (दहीबाहेक) राम्रोसँग पच्न सक्दैन । त्यसैले ४५ वर्षभन्दा बढी उमेरका मानिसले यस्तो खाद्यपदार्थको प्रयोग गर्दा बढी मात्रामा दही मिक्स गर्न जरुरी हुन्छ । अरु डेरी प्रडक्ट कम मात्रामा प्रयोग गर्दा पेटका लागि फाइदाजनक हुन्छ ।

कब्जियत
आजभोलि कब्जियतको समस्याबाट धेरै मानिस ग्रसित छन् । कब्जियतको समस्याले शरीरमा भएको टक्सिन्स बाहिर आउन सक्दैन । जसको कारण पेटमा ग्यास बन्न थाल्छ । यसबाट बच्न दिनमा कम्तीमा ८ देखि १० गिलास पानी पिउनु आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि