यी बानीका कारण तपाईको मुटु बिग्रन सक्छ

Heartमुटु शरीरको एक महत्वपूर्ण अंग हो । मुटु जोगाउन मानिसहरुले अनेकौं तरिकाहरु अपनाउने गरेको पाइएको छ । तर साना साना कुराले पनि मुटुमा असर गर्न सक्छ । हामीले सामान्य भनिने बानीले पनि मुटुको क्षमतामा ह्रास आउन सक्छ । आज हामी तपाईलाई यो जानकारी गराउँदै छौं कि जुन हाम्रा केहि सामान्य नराम्रा बानीले मुटु बिग्रन सक्छ ।

धुमपान गर्नु

चुरोट सेवन गर्नु मानवस्वास्थ्यका लागि हानिकारक हो भन्ने प्राय: सबैलाई थाहा छ । विशषगरी यसले मानिसको फोक्सोमा असर गर्ने भनेर भनिन्छ । यसले फोक्सोमा मात्र असर गर्दैन कि मुटुका लागि घातक नै मानिन्छ । धुमपानका कारण रगत मुटुसम्म पुग्नलाई बाधा पुर्‍याउँछ ।

मदिरा सेवन गर्नु

सामान्यतया: कम मात्रामा रक्सी सेवन गर्दा स्वास्थ्यमा खासै असर नगर्ने बताइए पनि अत्यधिक सेवन भने यसको शत्रु नै हो । अत्यधिक मदिरा सेवनले उच्च रक्तचाप उत्पन्न गराउँछ जसले मुटुमा समस्या ल्याउँछ ।

धेरै आराम गर्नु

घन्टौं आराम गर्ने बानीले हृदयघात र मुटु रोगको समस्या उत्पन्न गराउन सक्छ । धेरै समय आराम गर्ने मानिसलाई नियमित शारीरिक व्यायामले पनि फाइदा पुर्‍याउँदैन । सोफा या अन्य कतै लामो समय आराम गर्ने बानीले  नियमित रक्तसंचारमा प्रभाव पार्न सक्छ ।

जंग फुड खानु

मुटु रोगको प्रमुख कारण भनेको बढी मात्रामा जंक फुड सेवन गर्नु । जंक फुड सेवन गर्ने बानीले सागपात र अन्य फलफूल तरकारीमा मन नजानु हो । तर मुटुका लागि फलफूल र सागपात एकदमै लाभदायक हुन्छ । त्यसकारण चिकित्सकहरुका अनुसार जंक फुड सेवन पनि मुटु रोगको एक कारण हो ।

शारीरिक व्यायाम नगर्नु

स्वस्थ शरीरका लागि नियमित व्यायाम जरुरी हुन्छ । अझ मुटु रोगीहरुका लागि त शारीरिक व्यायाम नगरी हुँदैन । दैनिकरुपमा व्यायाम गरेका रक्तसंचारका नलीहरु सक्रिय हुन्छन् र मुटुमा रगत प्रसारण हुन कुनै पनि अवरोध पुर्‍याउँदैन । शारीरिक व्यायाम नगर्नु पनि मुटुका लागि हानिकारक मानिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी